• ९ जेठ २०८१, बुधबार

सांसद शाहीको ‘छाउगोठदेखि संसद्सम्म’

blog

राजन रावत 

हुुम्ला, वैशाख १० गते ।  हुुम्ला जिल्लाको सङ्घीय सांसद रङ्गमती शाहीको छाउगोठदेखि संसद्सम्म पुस्तक विमोचन भएको छ । उक्त पुस्तक कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले एक कार्यक्रमको आयोजनामा विमोचन गर्नुभएको हो ।

सांसद शाहीले पुस्तकमा आफू दुुर्गमको एक गाउँमा जन्मिँदाको अनुुभवदेखि पहिलो महिनावारी हुुँदाको तीतो अनुुभव, छाउगोठमा बस्दा भोगेका कठिनाइलाई समेट्नुुभएको छ । अहिले पनि महिनावारी हुँदा छाउगोठमा बस्नुुपर्ने बाध्यता यथावत् रहेको यथार्थलाई पुुस्तकले झल्काएको छ । छाउगोठमा बसेका बेला भोगेका पीडा र रोग सिकार भएको कुरालाई पनि समेट्नुुभएको छ ।

आफू संसद्मा पुुगेको कारण छाउगोठमा बस्नुु नपरेको भए पनि जिल्लाका अधिकांश युवती र महिलाले अझै पनि महिनावारी भएको समयमा गोठमा बस्नुु परिरहेको कुरालाई पुस्तकमा समेटिएको छ । समाजका गन्ने मान्ने व्यक्तिबाट छाउपढीविरुद्ध बाहिर आवाज आउने गरेको भए पनि व्यवहारमा त्यो देखा नपरेको कुरालाई पुस्तकमा समेटिएको छ ।

त्यसै सांसद शाहीले २०७४ सालको संसदीय निर्वाचनबाट समानुपातिकतर्फबाट सांसद निर्वाचित भएपछि यो बीचमा संसद्मा आफूले खेलेको भूमिकाबारे पनि उल्लेख गर्नुभएको छ । संसद्मा हुुम्लाका समस्या उठाउनेदेखि तत्कालीन सरकारले गरेका गलत कामविरुद्ध उठाएका आवाजलाई पनि महत्त्वका साथ पुस्तकमा समेट्नुुभएको छ । आफू यो अवस्थामा पुुग्नुुको मुख्य देन कर्णालीका मुख्यमन्त्री शाही रहेको कुरा पनि पुस्तकमा समेट्नुुभएको छ । चालिस पृष्ठको पुस्तक पहिलो संस्करणमा पाँच सयप्रति प्रकाशन भएको छ ।