अविनाश चौधरीधनगढी, वैशाख ११ गते । स्वतन्त्र उम्मेदवार गोपाल हमालले धनगढी उपमहानगरपालिकाको प्रमुखका लागि आज मनोनयन दर्ता गराउनुभएको छ । बाजागाजा र नाचगानसहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उहाँले उम्मेदवारी दर्ता गराउनुभएको हो । हमालसँगै विभिन्न वडाको वडा अध्यक्षका लागि स्वतन्त्र उम्मेदवारी दिएकाहरुले पनि मनोनयन दर्ता गराउनुभएको छ । धनगढीको ट्राफिक चौराहाबाट ¥यालीसहित स्वतन्त्र उम्मेदवार हमाल आफ्नो उम्मेदवारी दर्ता गराउन प्रमुख निर्वाचन अधिकृतको कार्यालयसम्म पुग्नु भएको थियो । उहाँको ¥यालीमा मान्छेको सहभागिता कुनै दलकोभन्दा कम थिएन । ¥यालीमा सहभागी भएका कतिपयले हमालकै मुखौटासमेत लगाएका थिए । उम्मेदवारी दर्तापछि प्रतिक्रिया दिदैँ हमालले बाँडीचुँडी खाने प्रवृतिकाविरुद्ध आफ्नो उम्मेदवारी रहेको प्रतिक्रिया दिनुभयो । व्यवसायिक पृष्ठभूमिका उहाँले आफू मेयरमा निर्वाचित भएमा पाँच वर्षसम्म राज्य कोषबाट मेयरले पाउने कुनै पनि सेवा सुविधा नलिएर धनगढीको विकासका लागि स्वयम् सेवकको रुपमा काम गर्ने प्रतिवद्धता जनाउनु भएको छ । यसअघि, २०७४ को निर्वाचनमा पनि उहाँले स्वतन्त्रबाटै धनगढीको मेयरमा चुनाव लड्नु भएको थियो । उहाँ दुई हजार ७९७ मतान्तरले नेपाली काङ्ग्रेसका उम्मेदवारसँग पराजित हुनु भएको थियो । हमालले ११ हजार ५२७ मत प्राप्त गर्नुभएको थियो भने, विजयी हुनुभएका नेपाली काङ्ग्रेसका उम्मेदवार नृपबहादुर वडले १४ हजार ३२४ मत प्राप्त गर्नुभएको थियो ।
गुल्मी नेपाली काँग्रेसले स्थानीय तहको निर्वाचनको लागि रेसुङ्गा नगरपालिका प्रमुखमा खिलध्वज पन्थीलाई प्रमुख पदमा उम्मेदवार बनाउने निर्णय गरेको छ ।
राजेन्द्र लिङ्देनले नेतृत्व गरेको राप्रपामा पनि झापामा गठबन्धनको चुनावी तालमेलमा सहभागी बनेको छ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा राप्रपाका प्रदेश १ अध्यक्ष राम थापाले नगर प्रमुखको उम्मेद्वार सहित दुई वटा वडाध्यक्ष पाउनुपर्ने शर्तसहित तालमेलमा सहभागी भएको हो ।
नेकपा एमालेले ओखलढुङ्गाले जिल्लाको आठ वटै स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएको छ । जिल्ला कमिटीले सिफारिस गरेका उम्मेदारहरुको नामावालीमध्येबाट प्रदेश कमिटीले सबै स्थानीय तहका प्रमुख र उपप्रमुखलगायतको उम्मेदवारको टुंगो लगाएको हो ।
नेकपा एमाले बाजुराले जिल्लाका नौ वटै स्थानीय तहमा उम्मेदवारको टुङ्गो लगाएको छ । वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि नेकपा एमाले बाजुराले जिल्लाका नौ वटै स्थानीय तहका लागि प्रमुख–उपप्रमुख, अध्यक्ष–उपाअध्यक्ष पदको टुङ्गो लगाएको हो ।
सिन्धुलीमाढी, वैशाख ११ गते । सिन्धुली जिल्लामा स्थानीय तहको प्रमुख र उप–प्रमुख पदमा सत्ता गठबन्धनका राजनीतिक दलले भागबण्डा अनुसार उमेद्वार टुङग्याएका छन् ।नौ वटा स्थानीय तह मध्ये नेपाली काँग्रेसले पाँच वटा पालिकामा प्रमुख र चार वटा पालिकामा उप–प्रमुख पाएको छ । नेकपा (माओवादी केन्द्र)ले चार वटा पालिकामा प्रमुख र पाँच वटा पालिकामा उप–प्रमुख पाएको छ ।भागवण्डा अनुसार नेपाली कांग्रेसले पाएको पालिका अध्यक्षमा गोलन्जोर गाँउपालिकामा पुष्पबहादुर कार्की, फिक्कल गाँउपालिकामा नृपबहादुर भुजेल, घ्याङलेख गाँउपालिकामा जगतबहादुर भोलन र तीनपाटन गाँउपालिकामा कर्णबहादुर थापामगरले टिकट पाएको नेपाली काँग्रेस सिन्धुलीका सभापति उपेन्द्रकुमार पोख्रेलले जानकारी दिनुभयो । त्यस्तै, नेपाली काँग्रसले उपाध्यक्ष पाएको पालिकाहरुमा सुनकोसी गाँउपालिकामा कपिल कोइराला, मरिण गाँउपालिकामा बिमला माझी, हरिहरपुरगढी गाँउपालिकामा बमबहादुर स्याङ्वाले टिकट पाएको उहाँले बताउनुभयो । उहाँका अनुसार नेपाली काँग्रेसको भागमा परेको कमलामाई नगरपालिकाको प्रमुख र दुधौली नगरपालिकाको उप–प्रमुखको उम्मेदवार भने आइतबार बेलुकासम्म प्रदेशले टुंग्याउने भएको छ । गठबन्धनकै अर्को ठूलो दल नेकपा (माओवादी केन्द्र)ले भने भागवण्डा अनुसार सबै पालिकाको प्रमुख र उप–प्रमुखको उम्मेदवार टुङग्याएको छ । माओवादी केन्द्रले दुधौली नगरपालिकाको नगर मेयरमा दिनेश अधिकारी दनुवारलाइ उम्मेदवार बनाएको छ । कमलामाई नगरपालिकाको उम–मेयरमा दीर्घराज श्रेष्ठलाई उठाएको छ । उक्त पार्टीले मरिण गाउपालिकाको अध्यक्षमा विमर्श मोक्तान, हरिहरपुरगढी गाउपालिकाको अध्यक्षमा बज्रध्वज वाइवा र सुनकोसी गाँउपालिकाको अध्यक्षमा दीपा बोहोरा दाहाललाइ उम्मेदवार बनाएको नेकपा माओवादी केन्द्र सिन्धुलीका अध्यक्ष लेखनाथ दाहालले जानकारी दिनुभयो । त्यस्तै, नेकपा माओवादी केन्द्रले उपाध्यक्ष पाएको पालिकाहरुमा उक्त पदमा तीनपाटन गाँउपालिकमा अशोक पुलामी, फिक्कल गाँउपालिकामा लोकेन्द्र कार्र्की, गोलन्जोर गाउपालिकामा ज्वालाप्रसाद न्यौपाने र घ्याङलेख गाउपालिकामा शंकरमान घलानलाई उम्मेदवार बनाएको उहाँले बताउनुभयो । ७९ वडाका अध्यक्ष र सदस्य भागबण्डामा भने गठबन्धन दल बीच कुरा अझै मिलेको छैन । गठबन्धनमा रहेका राजनीतिक दल र प्रमुख प्रतिपक्षि नेकपा एमालेले अझै केही उम्मेदवार मिलाउन बाँकी रहेकोले सोमबार सबै पालिकामा उमेद्वारी दर्ता गर्ने जनाएका छन् ।
बहुप्रतीक्षित मेलम्चीको पानी काठमाडौंमा वितरण गरिएको छ । केही वर्षअघि देखि वितरण गरिएको मेलम्चीको पानी केही महिनापछि बाढीको कारणले मुहान पुरिएकाे थियाे । मुहान सफा गरेपछि मेलम्चीकाे पानी यहाँ पुनः वितरण गरिएको हो ।
संविधानअनुसार राज्य पुनर्संरचना भई तीनवटै तहको निर्वाचन भएको पाँच वर्ष पुग्नै लाग्दा पनि कतिपय सरकारी, गैरसरकारी, निजी तथा सामुदायिक संस्थाले अझै आफ्नो संस्थाको बोर्डमा नयाँ ठेगाना राखेका छैनन् ।
चैत, वैशाख महिना गुणस्तरीय चिया उत्पादनको मुख्य सिजन हो तर यस वर्ष गुणस्तरीय चिया उत्पादन हुने समयमै चियाको मुना नपलाउँदा पूर्वका चिया किसानलाई घाटा भएको छ ।
स्पेनिस कोपा डेल रे फुटबलको उपाधि रियल बेटिसले जितेको छ । शनिबार राति भएको खेलमा ला लिगा प्रतिद्वन्द्वी भ्यालेन्सियालाई टाइब्रेकरमा ५–४ गोलले हराउँदै बेटिस च्याम्पियन बनेको हो ।
नेपाल विद्युत् प्राधिकरणले आगामी असारसम्म ५० वटा चार्जिङ स्टेसन निर्माण सम्पन्न गर्ने भएको छ । दुई वर्षअघि निर्माण सुरु भएको चार्जिङ स्टेसनको काम सम्झौता मितिभन्दा एक महिना ढिला सम्पन्न हुँदै छ । प्रमुख राजमार्गका ३२ स्थानमा ती चार्जिङ स्टेसन निर्माण भइरहेका छन् । प्राधिकरणले विद्युतीय सवारीसाधनका लागि चार्जिङ स्टेसन निर्माण गरेको हो । प्राधिकरणका परियोजना प्रमुख सागर ज्ञवालीले चार्जिङ मेसिन चीनबाट नेपालतर्फ पठाइसकिएको जानकारी दिँदै भन्नुभयो, “भौतिक निर्माणकार्य सकिएको छ ।
मधेस प्रदेशका प्रदेश सभा सदस्य डा. डिम्पलकुमारी झाको आइतबार बिहान निधन भएको छ । संविधान सभा सदस्य तथा मधेस प्रदेशका पूर्व भौतिक पूर्वाधार मन्त्रीसमेत रहनुभएका झा. बिगत केही समयदेखि क्यान्सर रोगले पीडित हुनुहुन्थ्यो ।
यो मैले कस्तो युद्ध जितेँ ? मैले युद्ध जितेँ कि हारेँ ? हामीले युद्ध जितेर ल्याएको परिवर्तन कसका लागि हो ? यिनै प्रश्नहरूको जवाफ नाटक ‘खत’ भित्र छ । ‘खत’ सुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको नाटक हो । निर्देशक भारतीले १ घण्टा ४५ मिनेट अवधि लामोे नाटकमार्फत नेपाली समाजलाई केही प्रश्न गरेका छन् ।
विदेशी मुद्राको महत्त्वपूर्ण स्रोतका रूपमा रहेको वैदेशिक रोजगारीबाट प्राप्त हुने विप्रेषण चालू आर्थिक वर्षमा घटेको छ ।चालू आवको फागुन समान्तसम्म छ खर्ब ३१ अर्ब १९ करोड रुपियाँ विप्रेषण भित्रिएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १.७ प्रतिशतले कम हो । २०७७ फागुनमा विप्रेषण आप्रवाह ८.७ प्रतिशतले वृद्धि भई छ खर्ब ४२ अर्ब १४ करोड रुपियाँ थियो । २०७६ को फागुनमा विप्रेषण आप्रवाह पाँच खर्ब ९१ अर्ब १९ करोड रुपियाँ रहेको थियो ।
फ्रेन्च लिग वान फुटबलको उपाधि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जितेको छ । घरेलु मैदानमा शनिबार राति लेन्सलाई बराबरीमा रोक्दै पीएसजीले चार खेल अगावै उपाधि जितेको हो ।