नेपालको वनक्षेत्र वृद्धि भएको छ । पछिल्ला दिनमा संरक्षणका कामहरु प्रभावकारी रूपमा सञ्चालन भएपछि नेपालमा वनजङ्गलले ढाकेको क्षेत्रफल बढेको छ । झण्डै दुई दशकको अवधिमा नेपालले दुई लाख ५१ हजार हेक्टर वन क्षेत्र बढाउन सफल भएको छ । वन तथा वातावरण मन्त्रालयले गरेको एक अध्ययनबाट यो तथ्याङ्क सार्वजनिक भएको हो ।
जनकपुरधाम उपमहानगरपालिका प्रमुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालले लालकिशोर साहलाई उम्मेदवार बनाएको छ ।
पार्टी कार्यालय सानेपामा आइतबार आयोजित कार्यक्रममा पार्टीका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले निर्वाचन घोषणापत्र सार्वजनिक गर्नुभएको हो ।
नेकपा एमालेबाट पोखराको उपप्रमुखमा प्रस्तावित मन्जुदेवी गुरुङले उम्मेदवार बन्न अस्वीकार गर्नुभएको छ । पार्टीले नसोधी उपप्रमुखको उम्मेदवार बनाएको भन्दै उहाँले उम्मेदवारी बन्न अस्वीकार गर्नुभएको हो ।
नेपाली काँग्रेस ओखलढुङ्गाले जिल्लाको आठ वटै स्थानीय तहमा उम्मेदवारको टुङ्गो लगाएको छ । काँग्रेसले एक नगरपालिका र सात गाउँपालिकाको प्रमुख–उपप्रमुख पदको उम्मेदारहरुको नाम टुङ्ग्याएको हो ।
राजस्व अनुसन्धान विभागले राजस्व चुवाहट गरेको आरोपमा पाँच जना विरुद्ध ३६ करोड रुपियाँ माग दावी सहित मुद्धा दर्ता गरेको छ । शुभलक्ष्मी इन्टरनेशनल समेतका फर्महरुले राजस्व चुहावट गर्ने मनसायले नक्कली तथा झुट्टा मुल्य अभिबृद्धि कर विजक खरिद गरी राजस्व चुवाहट गरेको भन्दै विभागले मुद्धा दर्ता गरेको जनाएको छ ।
ललितपुर महानगरपालिका–१० का नरसिंह व्यञ्जनकारले ११ औँ पटक उम्मेदवारी दर्ता गर्नुभएको छ । दशौँ पटकसम्म चुनाव जित्नुभएको व्यञ्जनकारले आइतबार वडाध्यक्षमा उम्मेदवारी दर्ता गराउनुभएको हो ।
भक्तपुर, वैशाख ११ गते । भक्तपुर नगरपालिकाको नगरप्रमुखको लागि देकोनिभा ईततापाको जग्गा एकीकरण पीडित संघर्ष समितिले आफ्नो उम्मेदवार मनोनयन दर्ता गरेको छ । नगरप्रमुखमा सो समितिको तर्फबाट सत्यराम त्वायनाले उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ ।यस्तै सो समितिले भक्तपुर नगरपालिको वडा नम्बर २ मा शन्तज्ञान याकमी र वडा नम्बर ६ मा रामकृष्ण कुम्पाखले वडाध्यक्ष पदको लागि उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ ।
लिलाधर वली घोराही, वैशाख, ११ गते । वैशाख ३० गते हुन थालेको स्थानीय तह निर्वाचनका लागि दाङमा उम्मेदवारी दर्ता सुरु भएको छ । जिल्लाका दशवटै स्थानीय तहहरुमा प्रमुख÷उपप्रमुख, अध्यक्ष÷उपाध्यक्ष, वडाहरुमा वडा अध्यक्ष र सदस्यका लागि उम्मेदवारी दर्ताको काम सुरु भएको हो । जस अनुसार घोराही उपमहानगरपालिकाको मेयरमा पहिलो उम्मेदवारका रुपमा मालेबाट नेत्रप्रकाश पाण्डेय र उपमेयरमा राधिका क्षेत्रीले उम्मेदवारी दर्ता गराउनुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी दर्ताका लागि दिएको समय अनुसार मुख्य निर्वाचनअधिकृतको कार्यालय पुगेर पाण्डेय र क्षेत्रीले ११ बजे तिर उम्मेदवारी दर्ता गराउनुभएको हो । उहाँहरुलाई मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले उम्मेदवारी दर्ताको प्रमाणपत्र प्रदान गर्नुभएको थियो । उम्मेदवारी दर्ता गराएसँगै पाण्डेय र क्षेत्री घोराही उपमहानगरपालिकामा मेयर÷उपप्रमुखका लागि उम्मेदवारी दर्ता गराउने पहिलो मेयर र उपमेयरको उम्मेदवार भएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिनुभएको छ । घोराही उपमहानगरपालिका–१२ निवासी मेयरका उम्मेदवार पाण्डेयको प्रस्तावका गोबिन्द केके र समर्थकमा शोभा पाण्डे रहनुभएको छ भने वडा नं. १७ निवासी उपमेयरका उम्मेदवार क्षेत्रीको प्रस्तावमा निर्मलादेवी केसी र समर्थकमा गोविन्द केके रहनु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । पाण्डेय २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि घोराही उपमहानगरपालिकाको मेयर उम्मेदवारी दिनुभएको थियो । निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि उपलव्ध गराएको दुई दिनको समय अनुसार जिल्लामा पहिलो दिन साना दललाई उम्मेदवार दर्ताको समय दिएको छ । प्रमुख राजनीतिक दलहरु नेपाली कांग्रेस पार्टी, नेकपा एमाले पार्टी, नेकपा माओवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीलाई उम्मेदवारी दर्ताका लागि बैशाख १२ गते दोश्रो दिन समय निर्धारण गरिएको छ । जस अनुसार जिल्लाका दुई उपमहानगरपालिका, एक नगरपालिका र सात वटा गाउँपालिकाहरुमा प्रमुख÷उपप्रमुख, अध्यक्ष÷उपाध्यक्ष, एक सय वडाहरुमा वडा अध्यक्ष र सदस्यका लागि उम्मेदवारी दर्ता गराउने काम भैरहेको छ । निर्वाचनका लागि साना दलहरुले उम्मेदवार तयार गरेपनि प्रमुख दलहरुले केही स्थानीय तहहरुमा अझैसम्म उम्मेदवार चयन गर्न सकेका छैनन् ।
रौतहट, वैशाख ११ गते । रौतहटको चन्द्रपुर, वृन्दावन, गुजरा र इशनाथ नगरपालिकामा नेपाली काँग्रेसले प्रमुख पदमा टिकट टुङ्ग्याएको छ । काँग्रेसले चन्द्रपुर नगरपालिकाको मेयरमा सञ्जयकुमार काफ्लेलाई उम्मेदवारी दिएको छ । उम्मेदवार काफ्ले २०७४ सालको निर्वाचनमा चन्द्रपुर–५ का वडा अध्यक्ष बन्न सफल हुनु भएको थियो । यसैगरी, वृन्दावन नगरपालिकाको प्रमुखमा प्रेमशंकर यादव, गुजरामा शेख मोहिबुल हक र इशनाथ नगरपालिकामा अन्जु झाको उम्मेदवारी टुङ्गिएको नेपाली काँग्रेस जिल्ला सभापति सुनिल यादव (जितेन्द्र)ले जानकारी दिनुभयो । सभापति यादवका अनुसार १८ वटा पालिका रहेको रौतहटमा बाँकी पालिकाको मेयर टुङ्ग्याउन छलफल भइरहेको छ । आज साँझसम्म प्रमुख र उपप्रमुखमा सबै टुङ्गो लाग्ने छ ।
लक्ष्मी चौधरी जनकपुरधाम, वैशाख ११ गते । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता शुरु भएको छ ।धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिकास्थित निर्वाचन कार्यालयमा आइतबार बिहान करिब ११ बजेदेखि मनोनयन दर्ता प्रक्रिया शुरु भएको हो । जनकपुरधाममा उपप्रमुखका लागि उमेश चौधरीले स्वतन्त्रबाट मनोनयन दर्ता गराउनुभएको छ । स्थानीय निर्वाचनका लागि अहिलेसम्म स्वतन्त्र उम्मेदवारहरुले मात्र मनोनयन दर्ता गराएका छन् । दर्ता गराउनेमा जनकपुरधाम २३ का निलम्बर झाले अध्यक्ष पदका लागि मनोनयन दर्ता गराउनु भएको छ भने वडा न.ं २२ बाट शत्रुधन ठाकुर र वडा ३ बाट दीपेन्द्र साहले दर्ता गराउनु भएको छ । यस्तै, वडा नं २४ मा तराई मधेश लोकतान्त्रिक पार्टीबाट भागिरथलाल कर्णले अध्यक्षको लागि दर्ता गराउनु भएको छ । यस्तै, वडा नं. २० मा अध्यक्षका लागि हमिद कबारी मनोनयन दर्ता गराउनुभएको छ । जनकपुरधाम उपमहानगरपालिकामा २५ वटा वडा रहेको छ । जनकपुरधाम उपमहानगरपालिकामा मनोनयन दर्ता शुरु भएको छ ।
अविनाश चौधरीधनगढी, वैशाख ११ गते । स्वतन्त्र उम्मेदवार गोपाल हमालले धनगढी उपमहानगरपालिकाको प्रमुखका लागि आज मनोनयन दर्ता गराउनुभएको छ । बाजागाजा र नाचगानसहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उहाँले उम्मेदवारी दर्ता गराउनुभएको हो । हमालसँगै विभिन्न वडाको वडा अध्यक्षका लागि स्वतन्त्र उम्मेदवारी दिएकाहरुले पनि मनोनयन दर्ता गराउनुभएको छ । धनगढीको ट्राफिक चौराहाबाट ¥यालीसहित स्वतन्त्र उम्मेदवार हमाल आफ्नो उम्मेदवारी दर्ता गराउन प्रमुख निर्वाचन अधिकृतको कार्यालयसम्म पुग्नु भएको थियो । उहाँको ¥यालीमा मान्छेको सहभागिता कुनै दलकोभन्दा कम थिएन । ¥यालीमा सहभागी भएका कतिपयले हमालकै मुखौटासमेत लगाएका थिए । उम्मेदवारी दर्तापछि प्रतिक्रिया दिदैँ हमालले बाँडीचुँडी खाने प्रवृतिकाविरुद्ध आफ्नो उम्मेदवारी रहेको प्रतिक्रिया दिनुभयो । व्यवसायिक पृष्ठभूमिका उहाँले आफू मेयरमा निर्वाचित भएमा पाँच वर्षसम्म राज्य कोषबाट मेयरले पाउने कुनै पनि सेवा सुविधा नलिएर धनगढीको विकासका लागि स्वयम् सेवकको रुपमा काम गर्ने प्रतिवद्धता जनाउनु भएको छ । यसअघि, २०७४ को निर्वाचनमा पनि उहाँले स्वतन्त्रबाटै धनगढीको मेयरमा चुनाव लड्नु भएको थियो । उहाँ दुई हजार ७९७ मतान्तरले नेपाली काङ्ग्रेसका उम्मेदवारसँग पराजित हुनु भएको थियो । हमालले ११ हजार ५२७ मत प्राप्त गर्नुभएको थियो भने, विजयी हुनुभएका नेपाली काङ्ग्रेसका उम्मेदवार नृपबहादुर वडले १४ हजार ३२४ मत प्राप्त गर्नुभएको थियो ।
गुल्मी नेपाली काँग्रेसले स्थानीय तहको निर्वाचनको लागि रेसुङ्गा नगरपालिका प्रमुखमा खिलध्वज पन्थीलाई प्रमुख पदमा उम्मेदवार बनाउने निर्णय गरेको छ ।
राजेन्द्र लिङ्देनले नेतृत्व गरेको राप्रपामा पनि झापामा गठबन्धनको चुनावी तालमेलमा सहभागी बनेको छ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा राप्रपाका प्रदेश १ अध्यक्ष राम थापाले नगर प्रमुखको उम्मेद्वार सहित दुई वटा वडाध्यक्ष पाउनुपर्ने शर्तसहित तालमेलमा सहभागी भएको हो ।
नेकपा एमालेले ओखलढुङ्गाले जिल्लाको आठ वटै स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएको छ । जिल्ला कमिटीले सिफारिस गरेका उम्मेदारहरुको नामावालीमध्येबाट प्रदेश कमिटीले सबै स्थानीय तहका प्रमुख र उपप्रमुखलगायतको उम्मेदवारको टुंगो लगाएको हो ।