• ५ जेठ २०८१, शनिबार

जनकपुर उपमहानगरपालिकामा जसपाबाट लालकिशोर उम्मेदवार

blog

स्मृति मिश्र
धनुषा, वैशाख ११ गते ।
जनकपुरधाम उपमहानगरपालिका प्रमुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालले लालकिशोर साहलाई उम्मेदवार बनाएको छ । साहलाई आइतबार महोत्तरीको बर्दिवासमा जसपाको केन्द्रीय कार्यकारिणी सदस्य एवम् संघीय भौतिक पूर्वाधार मन्त्री रेणु यादवले प्रमुख उम्मेदवारीसम्बन्धी पार्टीको आधिकारिक पत्र हस्तान्तरण गर्नुभएको छ ।

जसपाका केन्द्रीय सस्य एवम् मधेस प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहलगायतका नेताको उपस्थितिमा साहलाई निर्वाचन आयोगको कार्यालय प्रयोजनका लागि पार्टीको आधिकारिक पत्र दिइएको छ ।

संघीय सत्ता गठबन्धनमा जनकपुरधाम उपमहागरपालिका प्रमुख उम्मेदवार जसपालाई दिने सहमति भएको थियो । त्यसअनुसार जसपाले आइतबार बिहान साहलाई प्रमुख पदमा उम्मेदवार बनाउने निर्णय गरेको हो ।

जसपा जनकपुरधाम नगर समिति र मधेस प्रदेश समितिले उम्मेदवार बनाइएका साहसँगै थप दुईजना विष्णुदेव साह र बजरंग यादवको नामसमेत प्रमुख पदमा उम्मेदवारीका लागि सिफारिस गरेका थिए ।

जसपाका केन्द्रीय सदस्यसमेत रहनुभएका साह गत स्थानीय तह निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवार भएर जनकपुरधाम उपमहानगरपालिकाका प्रमुखमा निर्वाचित हुनुभएको थियो ।

पार्टीले उम्मेदवार बनाउने सम्भावनाका बीच कानुनी कारणले गत शुक्रबार उहाँले पदबाट राजीनामा दिनुभएको थियो ।