• १९ असार २०८१, बुधबार

पोखराको उपप्रमुखमा उम्मेदवारी दिन मञ्जुदेवी गुरुङद्वारा अस्विकार

blog

सन्तोष सुवेदी
कास्की, वैशाख ११ गते ।
नेकपा एमालेबाट पोखराको उपप्रमुखमा प्रस्तावित मन्जुदेवी गुरुङले उम्मेदवार बन्न अस्वीकार गर्नुभएको छ । पार्टीले नसोधी उपप्रमुखको उम्मेदवार बनाएको भन्दै उहाँले उम्मेदवारी बन्न अस्वीकार गर्नुभएको हो ।

उहाँ पोखराको बहालवाला उपप्रमुख हुनुहुन्छ । पार्टीको आन्तरिक प्रतिस्पर्धामा उहाँ प्रमुख उठ्ने चर्चा थियो । तर, उहाँ प्रतिस्पर्धाबाट अलग हुनुभयो । पार्टी केन्द्रीय सदस्यसमेत रहनुभएकी गुरुङलाई प्रदेश कमिटीले अन्य १२ जनासँगै नाम थपेर पठाउने चर्चा चलेको थियो ।

प्रमुखमा पूर्वशिक्षक दीपक पौडेल र उपप्रमुखमा मन्जुको नाम घोषणा गरियो । उहाँले उम्मेदवार बनाउने विषयमा खबर नगरी टिकट दिएको बताउनुभएको छ । गुरुङले आफू प्रमुख पदको लागि पनि दाबा नगरेको बताउनुभएको छ । ‘‘मेरो उपप्रमुखमा चाहना पनि छैन, मलाई पार्टीले आधिकारिक जानकारी गराएको पनि छैन,’’ उनले उहाँले भन्नुभयो । मन्जुले उपप्रमुख अस्वीकार गरेसँगै कास्की एमालेमा खलबली मच्चिएको छ ।