• ५ जेठ २०८१, शनिबार

ललितपुर १० को वडाध्यक्षमा नरसिंह व्यञ्जनकारको उम्मेदवारी दर्ता

blog

तस्बिर : केशब गुरुङ

ललितपुर, वैशाख ११ गते । ललितपुर महानगरपालिका–१० का नरसिंह व्यञ्जनकारले ११ औँ पटक उम्मेदवारी दर्ता गर्नुभएको छ ।

दशौँ पटकसम्म चुनाव जित्नुभएको व्यञ्जनकारले आइतबार वडाध्यक्षमा उम्मेदवारी दर्ता गराउनुभएको हो ।

उहाँले ललितपुर महानगरपालिका वडा नम्बर १० को वडाअध्यक्षमा स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराउनुभएको हो ।

२०२९ सालमा व्यञ्जनकार पहिलो पटक वडाध्यक्ष बन्नुभएको थियो ।