• ७ वैशाख २०८१, शुक्रबार

काँग्रेसको निर्वाचन घोषणापत्र सार्वजनिक (पूर्णपाठ)

blog

तस्बिर : केशव गुरुङ

ललितपुर, वैशाख ११ गते । नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ ।

पार्टी कार्यालय सानेपामा आइतबार आयोजित कार्यक्रममा पार्टीका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले निर्वाचन घोषणापत्र सार्वजनिक गर्नुभएको हो ।

काँग्रेसले ‘सबल स्थानीय सरकार : समुन्नत गाउँ, समुन्नत नगर’ भन्ने नारा दिएर ‘नेपाली काँग्रेसको संकल्प, स्थानीय तह निर्वाचन २०७९’ जारी गरेको हो ।


८८ पृष्ठ लामो घोषणापत्रमा २०७४ को निर्वाचनपछि खेर गएको पाँच वर्ष, प्रदेश र केन्द्रमा नेकपाको सरकार, नेकपा सरकारको अधिनायकवाद र सर्वसत्तावाद, प्रतिनिधिसभा विघटन, लोकतान्त्रिक गणतन्त्र र संविधान असफल बनाउने षड्यन्त्र, प्रतिपक्षमा काँग्रेसले निर्वाह गरेको जिम्मेवारीपूर्ण भूमिका, राष्ट्रिय संकटको बेला काँग्रेसले खेलेको भूमिका, आगामी १० वर्षमा समुन्नत नेपालको राष्ट्रिय संकल्प र मार्गचित्र प्रस्तुत गरेको छ ।

दस्तावेजको पूर्ण विवरण