• ९ जेठ २०८१, बुधबार

पुलिसलाई महिला गोल्डकप उपाधि

blog

महिला गोल्डकप उपाधिसँगै पुलिस टोली । तस्बिर सौजन्य : विवाइसी

काठमाडौँ, वैशाख ११ गते । प्रथम मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । धनगढी रंगशालामा शनिबार राति भएको फाइनलमा पुलिसले एपिएफ क्लबलाई १–० गोलले हरायो । 

पुलिसको जितमा निर्मला विकले निर्णायक गोल गर्नुभयो । निर्मलाले इन्जुरी समयमा गोल गर्दै पुलिसलाई च्याम्पिपयन बनाउनुभएको हो । उपाधिसँगै पुलिसले पाँच लाख रुपियाँ पुरस्कार पायो । उपविजेता एपिएफले दुई लाख ५० हजार रुपियाँमा चित्त बुझायो । 

पुलिसकी निर्मला विक प्रतियोगिताकै सर्वोकृष्ट खेलाडी हुनुभयो । उहाँले ५० हजार रुपियाँ पुरस्कार पाउनुभयो । पुलिसकी पुजा राना उत्कृष्ट रक्षक, उषा नाथ उत्कृष्ट गोलरक्षक र सन्जिव जोशी उत्कृष्ट प्रशिक्षक हुनुभयो । एपिएफकी सावित्रा भण्डारी सर्वाधिक गोलकर्ता र सरु लिम्बु उत्कृष्ट मिडफिल्डर चुनिनुभयो । उत्कृष्ट सबैलाई जनही १० हजार रुपियाँ प्रदान गरियो । 

वनदेवी युवा क्लबले आयोजना गरेको प्रतियोगिताका विजेता टोली र खेलाडीलाई सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पुर्वाधार मन्त्री दिर्घवहादुर सोडारी, आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश रावल  सुदुरपश्चिम प्रदेश खेलकुद परिषदका सदस्य सचिव दिपकवहादुर सिंहले पुरस्कार प्रदान गर्नुभयो । वैशाख ३ गतेदेखि सुरु भएको प्रतियोगितामा तीन विभागियसहित आठ टोलीले भाग लिएका थिए ।