• १९ असार २०८१, बुधबार

काठमाडौँ–रियाद उडान सुरु

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख ११ गते । नेपाल वायुसेवा निगमले काठमाडौँ–रियाद–काठमाडौँ नियमित उडान शुक्रबारदेखि सुरु गरेको छ । नेपाली श्रमिकको प्रमुख गन्तव्य साउदी अरेबियाको रियादमा निगमले हप्तामा दुईवटा उडान सञ्चालन गर्ने सुरु गरेको हो । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँबाट रियादका लागि निगमको पहिलो उडान १९ः१५ बजे भएको थियो । निगमले साउदी अरेबियाको रियादमा उडानका लागि गत फागुन २२ गते अनुमति प्राप्त गरेपछि उडान थालेको हो । योसहित निगमको उडान आठ मुलुकका १० वटा गन्तव्यमा पुगेको छ ।

   निगमले हाल भारतको दिल्ली, मुम्बई र बैङ्लोर, कतारको दोहा, संयुक्त अरब इमिरेट्सको दुबई, मलेसियाको क्वालालम्पुर, थाइल्यान्डको बैङ्कक, चीनको हङकङ र जापानको नारितामा उडान सञ्चालन गर्दै आएको छ । यीमध्ये निगमले दिल्लीमा दैनिक दुईवटा उडान गर्दै आएको छ ।