• ५ जेठ २०८१, शनिबार

बायर्न म्युनिख तीन खेल अगावै च्याम्पियन

blog

बुन्डेसलिगा उपाधि जितेपछि खुशी मनाउँदै बायर्नका खेलाडी । तस्बिर : एएफपी

काठमाडौँ, वैशाख ११ गते । जर्मन बुन्डेसलिगा फुटबलको उपाधि बायर्न म्युनिखले जितेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा बोरुसिया डर्टमन्डलाई ३–१ गोलले हराउँदै बायर्न च्याम्पियन बनेको हो । लगातार १०औँ पटक उपाधि जितेको बायर्नले यसपटक तीन खेल अगावै उपाधि जितेको हो । यससँगै बायर्नले ३२औँ बुन्डेसलिगा उपाधि उचालेको छ । 

बायर्नको जितमा सर्ज जिनाब्री, रोबर्ट लेवान्डोस्की र जमल मुसियालाले गोल गर्नुभयो । बोरुसिया डर्टमन्डका इम्री क्यानले सान्त्वना गोल फर्काएनुभयो । बायर्नले १५औँ मिनेटमा सर्ज जिनाब्रीको गोलबाट सुरुवाती अग्रता लिएको थियो । ३४औँ मिनेटमा रोबर्ट लेवान्डोस्कीले थोमस मुलरको पासमा गोल गर्दै बायर्नको अग्रता दोब्बर बनाउनुभयो । ४२औँ मिनेटमा इम्री क्यानले पेनाल्टीमार्फत गोल गर्दै डर्टमन्डलाई खेलमा फर्काउने प्रयास गर्नुभयो । तर, ८३औँ मिनेटमा जमल मुसियालाले मार्सेल सवित्जरको पासमा गोल गर्दै बायर्नलाई सजिलै जिताउनुभयो । 

जितसँगै बायर्नले ३१ खेलबाट ७५ अंक बनाएको छ । पराजित डर्टमन्ट ६३ अंक सहित दोस्रो स्थानमा छ । बायर्नको यो सिजनको दोस्रो उपाधि हो । यसअघि बार्यनले जर्मन सुपर कपको उपाधि जितेको थियो । एजेन्सी