राप्रपा नोपलका अध्यक्ष कमल थापाले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उत्साहजनक ढंगबाट सहभागी हुन सम्पूर्ण मतदातालाई आह्वान गर्नुभएको छ ।
काठमाडौं, वैशाख २७ गते । वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा सहभागी भएर उपलब्धिको रक्षा गर्न पाँच दलीय गठबन्धनले मतदातालाई आह्वान गरेको छ । मंगलबार साँझ संयुक्त रुपमा सत्तारुढ पाँच दलीय गठबन्धनले अपील गरेको हो । संयुक्त अपीलमा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गर्नुभएको छ । पाँच दलको अपील जस्ताको तस्तै : बैशाख २७, २०७९हाम्रो अपीलआदरणीय दिदीबहिनी तथा दाजुभाइहरू,पटकपटकको बलिदानीपूर्ण संघर्ष र त्याग पश्चात निरङ्कुशताको अन्त्य भई मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको तथ्य सबैमा अवगत नै छ । देशमा निरङ्कुशता विरुद्धको संघर्षमा तेस्रो पुस्तासम्मले रगत र पसिना बगाउनु परेको छ । हामी लोकतन्त्र र स्वतन्त्रताको संघर्षमा होमिदै दिवंगत हुनुभएका प्रातः स्मरणीय महान शहिदहरुप्रति भावपूर्ण हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौं ।संविधानसभा मार्फत नेपाली नागरिकले जारी गरेको संविधान र नागरिकले निर्वाचित गरेको संसदमाथि भएको प्रहारलाई परास्त गर्दै आन्दोलनबाट प्राप्त परिवर्तनका उपलब्धीलाई जोगाउन नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन भएको विदितै छ । दुई दुईपटक संसद विघटन भएपछिको असहज परिस्थितिमा ‘संकीर्ण र निषेध’ को राजनीतिकाविरुद्ध ‘सहमति र सहकार्य’ को जगमा अहिलेको सरकार गठन भएको होे । राजनीतिक स्थिरता कायम राख्दै सुशासन र विकासका प्रक्रियालाई निरन्तरता दिई मुलुकलाई निकास दिनु पर्ने दायित्व बोध गरी पाँच दलीय एकता कायम गरिएको हो । यो एकतालाई अक्षुण राख्दै स्थानीय तहको निर्वाचनमा गठबन्धनमा रहेका पाँच दलबीच तालमेल गरी हामीले उम्मेदवारी दिएका छौं । आजको दिन लोकतन्त्र, मानवअधिकार, कानूनी राज, देशको विकास र समृद्धि, सामाजिक न्याय र स्वतन्त्रताको लागि गठबन्धनका हामी पाँच दल सदा अविचलित रहने प्रण गर्दछौं ।संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ भएको संघर्षकै परिणाम आज राज्य संरचना बदलिएर समावेशी चरित्रको बन्न सम्भव भएको छ । लोकतान्त्रिक शासन व्यवस्थामा स्थानीय सरकारको विशेष अर्थ र महत्व रहन्छ । संघीय लोकतन्त्रको जग नै स्थानीय तह हुन् । निर्वाचनमार्फत स्थानीय तह बलियो र सुदृढ हुँदा नै लोकतान्त्रिक गणतन्त्रको रक्षा हुने छ । अतः स्थानीय तहको नागरिकसँग प्रत्यक्ष सम्बन्ध अझ सुदृढ गर्न यो निर्वाचनको विशेष महत्व छ ।स्थानीय जनप्रतिनिधिले नै जनताका सुख–दुःखमा रहेर प्रत्यक्ष रुपमा काम गर्ने हुन् । स्थानीय तहको निर्वाचनले विकासको गतिलाई अघि बढाउने छ । निर्र्वाचित जनप्रतिनिधिहरु नागरिकका पीरमर्कासँग घुलमिल हुँदा लोकतन्त्र थप मजबुत हुने छ । नागरिक अधिकार सुदृढ पार्न समेत स्थानीय निर्वाचनले विशेष भूमिका निर्वाह गर्ने भएकाले यहाँहरुको अमूल्य मत मुलुकको भाग्य र भविष्य निर्धारणमा निर्णायक रहन्छ ।प्रतिगमनविरुद्धको संघर्षको परिणाम नै मुलुकको राजनीतिले निकास पाएको ध्रुब सत्य हो । असंवैधानिक रुपमा संसद विघटन गरिएपछि संघीय लोकतान्त्रिक गणतन्त्र, शक्तिपृथकीकरण, संविधानवादका मूल्य, मान्यता, मुलुकको स्वाभिमान र सुरक्षा जस्ता बिषयमा अनेक प्रश्न खडा भए । कोरोना महाव्याधिका कारण मुलुक यसै पनि मानवीय संकटको अवस्थामा थियो । पटकपटक संसद विघटनपछि दशकौं लडेर ल्याएको लोकतन्त्र संकटमा परी प्रतिगमनले फेरि टाउको उठाउने खतरा थियो । यी सबै परिस्थितिलाई सह्मालेर अघि बढ्नुपर्ने आवश्यकता गठबन्धन सरकारको थियो । स्थानीय निर्वाचन संघारमा आइसकेको अवस्थामा अब यो ऐतिहासिक अभिभारालाई पूरा गरी चुनौतीलाई अवसरमा बदल्ने दायित्व आम मतदाताहरुको काँधमा आएको छ ।स्थानीय तहको निर्वाचनपछि मुलुकले निर्णायक मोड र दिशा लिने निश्चित छ । स्थानीय निर्वाचनका माध्यमबाट मुलुकको एकता बलियो बनाउँदै राजनीतिलाई सहि ढंगले लोकतन्त्रको बाटोमा दोहो¥याउन सक्ने हाम्रो ठहर छ । जनताले दिएको जिम्मेवारीलाई अवसरका रुपमा लिँदै मुलुकको वृहत्तर हितका खातिर जनभावना अनुरुप नेतृत्वदायी भूमिका निर्वाह गर्न लागि पर्ने प्रण समेत हामी गर्दछौं ।स्थानीय निर्वाचनले लोकतन्त्रको रक्षा गर्ने छ । अर्को अर्थमा स्थानीय तह नै लोकतन्त्रको प्राणवायु हो । गठबन्धनको बलमा मुलुकको विकास, समृद्धि र लोकतन्त्रको जगेर्ना सम्भव छ । यसर्थ गठबन्धनको पक्षमा मतदानका लागि यहाँहरुले विवेकको प्रयोग गर्नुहुने विश्वास लिएका छौं । यस क्षणमा हामी सदैव जनताको सुख, दुःखमा एकसाथ रहने प्रतिबद्धता जाहेर गर्दछौं । हामी सबै क्षेत्र, वर्गको हक अधिकार सुनिश्चित गर्न समर्पित रहने छौं । महिला, दलित, आदिवासी, जनजाति, मधेशी, थारू, मुस्लिम, पिछडिएको क्षेत्र, अपांगता भएका व्यक्ति सबैको हक हित र अधिकारको जगेर्नाका लागि हाम्रो साझा प्रयत्न, संकल्प र प्रतिबद्धता रहने छ । आम मतदाता नागरिक नै हाम्रो शक्तिका स्रोत हुन् । यसर्थ, बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचन सम्पन्न गर्न सबैलाई एकजुट भएर लाग्न आग्रह गर्दछौं ।अन्त्यमा, गठबन्धनमा रहेका दलहरुबीच तालमेलको अधिक प्रयत्नका बावजुद कतिपय पालिकामा ‘मैत्रीपूर्ण प्रतिस्पर्धा’ गर्ने सहमति भएको विदितै छ । मतदानको सन्निकट आइपुग्दै गर्दा ‘मैत्रीपूर्ण प्रतिस्पर्धा’ मा उत्रेका विभिन्न पालिकाका विभिन्न पदका आफ्ना पार्टीका उम्मेदवारको अवस्था आकंलन गरी विजयको नजिक रहेका गठबन्धन दलका उम्मेदवारलाई मतदान गर्न पार्टी तहमा आह्वान गर्दछौं । साथै, उत्साहका साथ निर्वाचनमा सहभागी भई पाँच दलीय गठबन्धनका उम्मेदवारलाई मतदान गरी अत्याधिक बहुमतका साथ विजयी गराउन सम्पूर्ण आमाबुवा, दिदीबहिनी तथा दाजुभाइमा हार्दिक अपील गर्दछौं ।धन्यवाद ।
नेपाली कांग्रेसका पार्टी उपसभापति एवं पूर्व गृहमन्त्री पूर्णबहादुर खड्काले सुर्खेतको विकासका लागि गठवन्धन सरकारले कुनै कसरत बाँकी नराख्ने बताउनु भएको छ ।
काठमाडौं महानगरपालिका प्रमुख पदमा नेपाली कांग्रेस उम्मेदवार सिर्जना सिंहले महानगरलाई महान् घरको रुपमा स्थापित गर्ने बताउनुभएको छ।
जैविक विविधता तथा पर्यावरण संरक्षण गर्ने उद्देश्य अनुरुप नेपाली सेनाको अगुवाईमा गत चैत्र २२ गतेबाट संचालन भईरहेको ‘सफा हिमाल अभियान २०२२’ अन्तर्गत सगरमाथा, ल्होत्से, कञ्चनजंघा र मनास्लु हिमाल सफाई कार्यमा खटिएका क्याम्पेन लिडरहरुसँग प्रधान सेनापति प्रभुराम शर्माले भिडियो फोनवार्ता गर्नुभएको छ ।
एकै चरणमा वैशाख ३० हुने स्थानीय तहको निर्वाचनका लागि मङ्गलबार विभिन्न राजनीतिक दलहरूले आ-आफ्नो तर्फबाट र्याली र आमसभा गरेर शक्ति प्रदर्शन गरेका छन्।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि अहिले देशभर निर्वाचनको चहलपल सुरु भएको छ ।
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा स्थानीय निर्वाचन हुनुपर्ने बताउनुभएको छ। मंगलबार काठमाडौंमा आयोजित चुनावी सभामा बोल्नुहुँदै ओलीले यस्तो बताउनुभएको हो।
वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि बेनीबाट मतदान केन्द्रको सुरक्षाका लागि सुरक्षाकर्मीहरु त्यसतर्फ लागेका छन् । मङ्गलबार नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरीसहितको टोली निर्वाचन सुरक्षाका लागि मतदान केन्द्रतर्फ लागेका हुन् ।
बुटवलमा सुन पसल चोरी गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।
नेकपा (एमाले)ले वैशाख १९ गते रुकुमपूर्वमा भएको घटनाका दोषीमाथि तत्काल छानबिन गरेर कारबाही गर्न माग गरेको छ।
सरकारले जिका, चिकनगुनीया र डेँगु भाइरसको लक्षण देखिएमा पीसीआर परीक्षण गर्न आग्रह गरेको छ ।
प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पश्चिम सेती परियोजनाको काम अगाडि बढाइने बताउनुभयो।
सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिप गल्फको दोस्रो दिन प्रो भुवन नगरकोटी र एमेच्योर गल्फर सुवास तामाङले संयुक्त अग्रता लिनुभएको छ । पार ७२ को गोकर्ण फरेस्ट गल्फ क्लबमा जारी प्रतियोगितामा मंगलबार घरेलु प्रो भुवनले आठ अन्डर ६४ खेल्नुभयो ।
एकै चरणमा वैशाख ३० गते शुक्रबार हुन लागेको स्थानीय तह निर्वाचनका लागि निर्वाचनमा खटिएका कर्मचारीहरुले निर्वाचन सामग्री बुझेर मतदानस्थलतर्फ लैजान थालेका छन् । मङ्गलबार ६४ प्रकारका निर्वाचन सामग्री बुझेर कर्मचारी मतदानस्थलतर्फ लागेका हुन् ।