• ५ जेठ २०८१, शनिबार

एमाले शान्तिपूर्ण निर्वाचनका लागि दृढ छ : अध्यक्ष ओली

blog

काठमाडौंमा आयोजित चुनावी सभालाई सम्बोधन गर्नुहुँदै नेकपा (एमाले)का अध्यक्ष केपी ओली । तस्बिर : केशब गुरुङ

काठमाडौं, वैशाख २७ गते। नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा स्थानीय निर्वाचन हुनुपर्ने बताउनुभएको छ। मंगलबार काठमाडौंमा आयोजित चुनावी सभामा बोल्नुहुँदै ओलीले यस्तो बताउनुभएको हो। 

“विभिन्न ढंगले सामाजिक सञ्जालमा हमला गर्ने, गलत क्रियाकलाप देखिन थालेका छन्”, उहाँले भन्नुभयो, “नेकपा एमाले कही पनि धाँधली गर्दैन, यसका लागि आग्रह गर्दछु।”

एमाले नेतृत्वको सरकारले गरेका विभिन्न कामको चर्चा गर्दै ओलीले देशभर एमालेको पक्षमा लहर चलेको उल्लेख गर्नुभयो।  अध्यक्ष ओलीले निर्वाचन शान्तिपूर्ण ढंगले सम्पन्न गर्नुपर्ने विषयमा सबैको ध्यानाकर्षण हुनुपर्ने उल्लेख गर्नुभयो। 

शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न गर्नका लागि पार्टीका स्वयम्सेवक र संगठित नेता, कार्यकर्ता व्यवस्थित ढंगले परिचालन हुनुपर्नेमा उहाँले जोड दिनुभयो। 

यसअघिको निर्वाचनमा भरतपुर र ललितपुर महानगरको मतपरिणाम स्मरण गर्दै ओलीले मतपत्रको निगरानी गर्नुपर्नेमा जोड दिनुभयो।