• १५ चैत २०८०, बिहिबार

क्याम्पेन लिडरसँग सेनापतिको भिडियो फोनवार्ता

blog

‘सफा हिमाल अभियान २०२२’ मा खटिएका क्याम्पेन लिडरहरुसँग भिडियो फोनवार्ता गर्नुहुँदै प्रधान सेनापति प्रभुराम शर्मा। तस्बिर सौजन्य : सैनिक मुख्यालय

काठमाडौँ, वैशाख २७ गते । जैविक विविधता तथा पर्यावरण संरक्षण गर्ने उद्देश्य अनुरुप नेपाली सेनाको अगुवाईमा गत चैत्र २२ गतेबाट संचालन भईरहेको ‘सफा हिमाल अभियान २०२२’ अन्तर्गत सगरमाथा, ल्होत्से, कञ्चनजंघा र मनास्लु हिमाल सफाई कार्यमा खटिएका क्याम्पेन लिडरहरुसँग प्रधान सेनापति प्रभुराम शर्माले भिडियो फोनवार्ता गर्नुभएको छ । 

प्रधान सेनापति शर्माले फोनमा हालसम्म भएका कार्य प्रगती विवरणको जानकारी समेत लिनुभएको छ । फोनको क्रममा शर्माले नेपाल सरकारबाट प्रदत्त संवैधानिक जिम्मेवारीको अतिरिक्त भौगोलिक विकटता र प्रतिकुल मौसमको प्रवाह नगरी विषम परिस्थितिमा नेपाली सेनाका सकलदर्जाले गरिरहेको कार्यहरुको उच्च मुल्याङ्कन पनि गर्नुभएको छ । उहाँले तोकिएको समयमा कार्य पूरा गर्न समेत निर्देशन दिनुभएको छ ।

सेनाले चारवटा उच्च हिमालबाट १७,००० केजी फोहोर संकलन गरेको छ । सोही क्रममा उहाँले वैशाख २४ गतेको नेपाली सेनाका सह सेनानी राजु श्रेष्ठ र सिपाही अमित थापाले पहिलो पटक ८५८६ मिटरको कञ्चनजंघा हिमाल सफल आरोहण गरेकोमा आरोहीहरुलाई विशेष धन्यवाद समेत दिनु भएको थियो ।