स्थानीय निर्वाचनका दिन बदली भई वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधबारदेखि निर्वाचनको भोलिपल्ट शनिबारसम्म बदली भई वर्षा हुने महाशाखाले जनाएको हो । मौसमी प्रणालीका कारण निर्वाचन अवधिमा पर्न सक्ने
कानुन दिवसको अवसरमा चार पूर्वप्रधानन्यायाधीशसहित १५ जनालाई सम्मान गरिएको छ । दिवसका अवसरमा सर्वोच्च अदालतले आयोजना गरेको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले उहाँहरूलाई सम्मान गर्नुभएको हो । २०६६ चैत
राजस्व अनुसन्धान विभागले राजस्व ठगीको आरोपमा अन्तरा इन्टरनेसनलविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागले मूल्य अभिवृद्धि करतर्फ दुई करोड ५० लाख ४५ हजार ३११ र आयकरतर्फ छ करोड तीन लाख ३२ हजार २४३ गरी जम्मा आठ करोड ५३ लाख ७७ हजार ५५४ रुपियाँ बिगो अभियुक्तबाट असुल गर्न माग गरेको छ ।
जिल्ला निर्वाचन कार्यालय उदयपुरले मतदान स्थलमा खटिएका मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि नमुना मतदान कार्यसहितको तीन दिने तालिम सञ्चालन गरेको छ । शुक्रबारदेखि सञ्चालन गरिएको सो तालिमलाई प्रभा
राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय विभूति सीताको उत्पत्ति दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । सनातन संस्कृतिमा नारी शक्तिको महŒव दर्शाउने पर्वका रूपमा सीता जयन्तीलाई सबैले ग्रहण गर्नुपर्ने राष्ट्रपति भण्डारीले सोमबार दिनुभएको शुभकामना सन्देशमा उल्लेख छ ।
पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड लामो समयसम्म नेतृत्वविहीन रह्यो । नयाँ नेतृत्वले जिम्मेवारी सम्हालेको अढाई महिना भएको छ । गत फागुन पहिलो साता रमेशकुमार हमाल बोर्डको अध्यक्षमा नियुक्त भएपछि पुँजी बजारले गति लिने विश्वास आम लगानीकर्तामा छ
संवैधानिक प्रावधानअनुरूप यही जेठ ३ गतेका लागि मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट संसद्को वर्षे अधिवेशन आह्वान भएकोे छ । नेपालमा वर्षे तथा हिउँदे गरी दुई पटक संसद् अधिवेशन आह्वान गरिने परम्परा रहिआएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको औपचारिक निमन्त्रणामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आउँदो जेठ २ गते नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ । सन् २०१९ मा भारतका प्रधानमन्त्रीका रूपमा दोस्रो पटक निर्वाचित भएपछि हुन लागेको उहाँको यो
सङ्घीय लोकतान्त्रिक शासन व्यवस्थाको संस्थागत विकासको आयामको मापन हो निर्वाचन । साथै संविधानको मर्म, भावनाअनुसार स्थानीय सरकारका लागि जनप्रतिनिधिमूलक संस्थाको निरन्तरता हो निर्वाचन । आवधिक निर्वाचन जनताले आफ्ना जनप्रतिनिधि छान्ने अवसर हो । लोकतन्त्रको मियो निर्वाचन हो भने निर्वाचित जनप्रतिनिधिमार्फत शासन गरिने र नीति निर्माण र कार्यान्वयनमा परोक्ष प्रत्यक्ष सहभागिता र निर्वाचनपश्चात् गठित जनप्रतिनिधिमूलक संस्थाको जीवन्तता हो । लो
नेपाली काँग्रेसका नेता तथा संविधान सभा सदस्य डा.चन्द्र भण्डारीले भ्रष्टाचार विकासको बाधक भएको बताउनु भएको छ ।कतिपय स्थानीय तहमा भ्रष्टाचार र वेथिति मौलाएको भन्दै उहाँले भ्रष्टाचार मुलुकको विकासको सबै ठूलो चुनौती बनेको छ भन्नुभयो ।
धरानकोे बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधार गर्न ३८ दिनदेखि युवाहरूले ‘घोपा बचाउ अभियान’ सञ्चालन गरिरहेका छन् ।
गृहमन्त्री बालकृष्ण खाँणले मोतिपुर औद्योगिक क्षेत्रका कारण कोही पनि विस्थापित हुनु नपर्ने बताउनुभएको छ । रुपन्देहीको मोतिपुरमा औद्योगिक क्षेत्र निर्माण गर्न सरकार प्रतिवद्ध रहेको उहाँको भनाइ छ ।
कपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा दुई खाले छुट्टा–छुट्टै गठबन्धन रहेको बताउनु भयो ।
नेपाली भाषासहित्यको अन्तराष्ट्रिय विस्तारमा महत्वपूर्ण योगदान गर्नुभएका स्रस्टा सम्मानित हुनुहुने भएको छ । नइ प्रकाशनले २०७८ सालको ‘नइ देरुनीख अन्तराष्ट्रिय पुरस्कार’ नेपाली वाङमयको श्रीवृद्धिका लागि सिर्जना र संगठनमार्फत निरन्तर जागरुक एवं समर्पित अमेरिकाका प्राज्ञ मोहन सिटौलालाई प्रदान गर्ने निर्णय गरेको छ ।
गृह मन्त्रालयले स्थानीय निर्वाचन शान्त, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबैसँग अनुरोध गरेको छ । सोमबार एक विज्ञप्तिमार्फत मन्त्रालयले वैशाख ३० गते देशभर एकै चरणमा हुने स्थानीय निर्वाचनमा हरेक नागरिकले राजनीतिक अधिकार स्वरुप प्राप्त मताधिकारको स्वतन्त्र रुपले प्रयोग गर्न पाउनुपर्ने उल्लेख छ ।