
२७ वैशाख २०७९, मङ्गलबार
३ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

शेयर गर्नुहोस:
२७ वैशाख २०७९, मङ्गलबार
३ वर्ष पहिले
रुकुम पूर्व, वैशाख २७ गते । रुकुम पूर्वको जंगलमा एक महिलाको शव फेला परेको छ । जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका– ११ की ३९ वर्षीया जुनमाया बुढाको शव सोमबार फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी निरीक्षक कृष्ण खत्रीका अनुसार उपल्लो सेरास्थित जंगलमा शव भेटिएको जानकारी दिनुभयो । घटनाको बारे अनुसन्धान सुरु गरिएको र शवलाई घटनास्थलबाट पोष्टमार्टमको लागि रुकुम पूर्व अस्पतालमा ल्याइएको उहाँले बताउनुभयो ।
घटनास्थल जिल्ला सदरमुकामाबाट तीन दिनको पैदल दुरीमा पर्छ ।

राजु लामिछाने