नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सक्रियतापूर्वक सहभागी भएर नेपाली कांग्रेसका उम्मेदवारलाई विजयी गराउन अपील गर्नुभएको छ।
काठमाडौं, वैशाख २७ गते । कतारी राजकुमारी शेखा आश्मा अलथानीले विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घाको आरोहण गर्नुभएको छ । कतारी राजकुमारी आश्मा विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा (८,५८६ मिटर) आरोहण गर्ने पहिलो अरब महिला बन्नुभएको छ । उहाँले मे ८ तारिखका दिन कञ्चनजङ्घा हिमालको आरोहण गर्नुभएको होे ।आफ्नो इन्स्टाग्राममा स्टाट्स राख्दै आश्माले कञ्चनजङ्घा शिखरमा पुग्ने पहिलो अरब महिला हुन पाएकोमा गर्व लागेको बताउनुभयो । ‘‘म केहि दिन विरामी परेकी थिए । हिमाल चढ्न सक्दिन की जस्तो लागेको थियो । तर, जम्मा दुई दिनमै भव्य कञ्चनजङ्घाको सफल आरोहण गर्यौं ।,’’ उहाँले लेख्नुभएको छ, ‘‘हिमाल चढ्न सहज थिएन । कञ्चनजङ्घा विश्वको तेस्रो अग्लो हिमाल हो, यो हिमालको सफल आरोहणसँगै मेरो उत्साह बढेको छ र अझै उच्च शिखर चुम्ने बाटोमा अघि बढ्न प्रेरणा मिलेको छ ।’’ उहाँले आफ्नो सफलताका पछाडि बलियो टीमको साथ र सहयोग रहेको पनि उल्लेख गर्नुभएको छ । जसमा निम्स दाईलगायतका टीमले उनलाई शिखरमा पुग्न सहयोग गरेकोमा धन्यवाद पनि व्यक्त गर्नुभएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्न निम्स दाईलगायतका टीमसँग त्यसतर्फ प्रस्थान गरेकी कतारी राजकुमारी केही समय हिमाल आरोहणमै रहने बताउनुभयो । यस क्रममा सगरमाथा आरोहणको समेत प्रयास गर्ने उहाँ बताउनुहुन्छ ।
रुपन्देहीको बुटवल उपमहानगरपालिका– १२ को स्वामिनारायण मुक्तिनाथ धाममा गृहमन्त्री वालकृष्ण खाँणद्धारा पुजा अर्चना गर्नुभएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकामा प्रमुख र उपप्रमुखमा त्रिपक्षीय कडा प्रतिस्पर्धा हुने भएको छ । पाँच दलको गठबन्धनका उम्मेदवारसँग नेकपा(एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विच प्रतिष्पर्धा हुने भएको हो ।
चीनमा आयोजना हुने १९औँ एसियाली खेलकुद (एसियाड) को तयारीमा रहेकी भारोत्तोलन खेलाडी सञ्जु चौधरी मृत अवस्थामा भेटिनुभएको छ । १३औँ दक्षिण एसियाली खेलकद (साग) की स्वर्णधारी सञ्जु ललितपुरको लुभु स्थित भारोत्तोलन प्रशिक्षक सन्जय मर्हजनको घरमा मंगलबार बिहान मृत अवस्थामा भेटिनुभएको हो ।
स्थानीय तहको निर्वाचन देशभर वैशाख ३० गते हुँदै छ । स्थानीय सरकारको यो संरचना जनतासँग प्रत्यक्ष जोडिने भएकाले पनि स्थानीय तहको चासो बढी छ । स्थानीय निर्वाचनलाई लक्षित गरी राजनीतिक दलले घोषणापत्र सार्वजनिक गरेका छन् ।
उमेरले भन्छ ‘बसी खा’ तर मनले भन्छ ‘अझै सक्रिय राजनीति गर्’ । यही दोधारमा ८० वर्ष पुुग्दा पनि सक्रिय राजनीति गरी जनसेवा गर्ने धुनमा हुनुहुन्छ उहाँ । ५० वर्षभन्दा बढी जनप्रतिनिधि रहिसकेका नरसिंह व्यञ्जनकार अहिले पनि ललितपुर महानगरपालिका वडा नं. १० मा वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार हुनुहुन्छ । कतिपय मानिस आफू नेता बन्छु भन्दै टिकटका लागि ठूला नेताको ढोका चाहर्छन् । तर उहाँलाई नेताले होइन, वडाबासीले नै तपाईं हाम्रो नेता बनिदिनुु प¥यो भनेर कर गर्छन् । अनि छरछिमेकीको मनोभाव बुझेर उहाँ पार्टीको होइन, जहिले पनि स्वतन्त्र रूपमा उम्मेदवारी दिनुहुन्छ । जहिले पनि उहाँकै पोल्टामा परिणाम आउने गरेको छ ।
गायक थानेश्वर गौतमको नयाँ गजल गीत ‘बेचेर सपना’ सार्वजनिक भएको छ ।
कपिलवस्तुको महाराजगन्ज नगरपालिकाको उपमेयर पदका उम्मेदवारको मृत्यु भएको छ । नगरपालिकाका पूर्व उपमेयर तथा नेपाली काँग्रेसबाट उम्मेदवार बन्नु भएकी शुभावती कुर्मीको सोमबार राती निधन भएको हो ।
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा बजारमा दैनिक अति आवश्यकीय उपभोग्य वस्तुको भाउ आकाशिएको छ । तरकारी, मासु र इन्धनको पनि मूल्य वृद्धि भएको छ । खाने तेल, दाल, चामल, गेडागुडीलगायत अन्य खाद्यान्नको मूल्य वृद्धिले भान्सा महँगिएको छ ।
स्थानीय तहको निर्वाचनका लागि उपत्यकाबाट बाहिरिने यात्रुको चाप बढेपछि बस थप गरिएको छ । यातायात व्यवसायीले पालो नपरेका बस पनि सञ्चालन गरेका छन् । दैनिक ४५० वटा बस गोँगबु नयाँ बसपार्कबाट बाहिरिँदै आएकोमा हाल दैनिक ६५० वटा बस बाहिरिने गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका उपाध्यक्ष रवि रिमालले यात्रुको सङ्ख्या दिनदिनै बढिरहेको जानकारी दिँदै भन्नुभयो, “यात्रुको चाप बढेको छ । बस थपिएको छ । दैनिक एउटा बस गइरहेको जिल्लामा तीनवटासम्म गएका छन् ।”
रुकुम पूर्वको जंगलमा एक महिलाको शव फेला परेको छ । जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका– ११ की ३९ वर्षीया जुनमाया बुढाको शव सोमबार फेला परेको प्रहरीले जनाएको छ ।
“मुसहर समुदायमा स्थानीय तहको निर्वाचन नजिकै आउँदा पनि कुनै उत्साह छैन,” हरिपुर नगरपालिका–५, मजुर्बाका विष्णु माझीले भन्नुभयो । यसअघिका निर्वाचित जनप्रतिनिधिले मुसहर समुदायको उत्थानमा वास्ता नगरेपछि उहाँको चित्त दुखेको छ ।
डेढ महिनापछि कर्णाली प्रदेशका हिमाली जिल्लाको हवाई सेवा सहज भएको छ । यहाँ सेवा दिइरहेका निजी विमान कम्पनीका जहाज काठमाडौँ फिर्ता भएका थिए । त्यसपछि कर्णालीका हिमाली जिल्लामा हवाई सेवा असहज भएको थियो । नेपाल एयरलाइन्सले भने सेवा दिइरहेको भए पनि यो अपर्याप्त थियो ।
जिल्ला प्रशासन कार्यालय गुल्मीले स्थानीय तहको निर्वाचनमा कर्मचारी खटिनुपर्ने भएकाले नागरिकता वितरणलगायतका सेवा बन्द रहने जनाएको छ । स्थानीय तहको निर्वाचनमा कर्मचारी खटिनुपर्ने भएकाले नागरिकता, नाबालक परिचयपत्र, पेन्स