सञ्जयकुमार मिश्र गौर, वैशाख २७ गते। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले स्थानीय तहको चुनावमा प्रतिगमनकारीलाई परास्त गरेर परिवर्तनकारीको पक्षमा लाग्न आग्रह गर्नुभएको छ। रौतहटको दुर्गा भगवती गाउँपालिकाको गंगा पिपरामा आयोजित चुनावी सभालाई मंगलबार सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले यस्तो आग्रह गर्नुभएको हो।प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध विभिन्न षड्यन्त्र रच्दै अहिलेको संविधान र व्यवस्थालाई पल्टाउन खोजिरहेको आरोप लगाउँदै स्थानीय तहको निर्वाचनमा त्यस्ता संघीयता विरोधी तत्त्वलाई तह लगाएर संघीय लोकतान्त्रिक गणतन्त्रलाई मजबुती प्रदान गर्न माओवादी केन्द्रको पक्षमा लाग्न जोड दिनुभयो।तराई मधेसमा नागरिकता समस्या अहिलेको गठबन्धकै सरकारले हल गरेर अघि बढ्ने कुरामा उहाँले विश्वास व्यक्त गर्नुभयो। अध्यक्ष प्रचण्डले संसद सुचारु भएपछि नागरिकता सम्बन्धी समस्या समाधान गर्ने पक्षमा माओवादी केन्द्र सक्रिय रहेको उल्लेख गर्नुभयो। प्रचण्डले गाउँगाउँमा स्थापित भएको सिंहदरबारलाई सुदृढ व्यवस्थित पार्नका प्रतिगमनलाई परास्त गरी संघीयताको पक्षमा माओवादी केन्द्रका उम्मेदवारलार्ई विजयी बनाउन आह्वान गर्नुभयो ।कार्यक्रममा दुर्गा भगवती गाउँपालिकाको अध्यक्ष उम्मेदवार शम्भु सिंह, संविधानसभा सदस्य अशोक जयसवाल, पूर्वराज्यमन्त्री सत्यनारायण भगत, वडाध्यक्षको उम्मेदवार धर्मेन्द्रकुमार झा सहितका नेता एवं कार्यकर्ताको उपस्थिति थियो।
नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कसैको लै लै मा नलागी स्थानीय तहको निर्वाचनमा मतदान गर्न आग्रह गर्नुभएको छ । उहाँले विकास र समृद्धिको योजनाबद्ध खाका आफ्नो पार्टी र उम्मेदवारसँग रहेको जनाउँदै विवेक पुर्याएर मतदान गर्नु उहाँले आग्रह गर्नुभयो ।
पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका नेता भीमसेन दास प्रधानले अब बन्ने सरकार पनि गठबन्धनकै हुने बताउनुभएको छ ।
नेपाल भलिबल सङ्घले चीनको हाङझाउमा आयोजना हुने १९औँ एसियाली खेलकुद (एसियाड) का लागि प्रारम्भिक चरणमा ३५ जना महिला खेलाडी छनोट गरेको छ ।
पछिल्लो २४ घण्टामा थप १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई हजार ३७६ जनाको पीसीआर परीक्षण गर्दा १२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
नेपाल दक्षिण एशियाली जुनियर तथा क्याडेट टेबलटेनिसको फाइनलमा प्रवेश गरेको छ ।
जिल्लाका सबै स्थानीय तहमा सीसी क्यामरा जडान गर्न सुरु गरिएको छ । निर्वाचन अधिकृतको कार्यालयमा सुरक्षाका लागि सीसी क्यामरा जडान गर्न सुरु गरिएको हो ।
सुुत्केरी भएको तीन दिनपछि एकजना महिलाको हेलिकोप्टबारट उद्धार गरिएको छ । सुत्केरी महिलाको घाँटीभित्र घाउ आएर अन्तिम अवस्थामा पुुगेपछि उहाँलाई उपचारका लागि सुुर्खेत अस्पताल लगिएको छ ।
दक्षिण एसियाली खेलकुद (साग) मा नेपाललाई महिला भारोत्तोलनमा पहिलो स्वर्ण दिलाउन सफल स्वर्गीय सञ्जु चौधरीलाई मंगलबार राष्ट्रिय खेलकद परिषद् (राखेप)मा अन्तिम श्रद्धाञ्जली अर्पण गरिएको छ ।
वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि हिमालपारीको जिल्ला मुस्ताङको मतदान केन्द्रमा खटिने कर्मचारीहरु मतदान स्थलतर्फ प्रस्थान गर्नुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट नियुक्ती बुझेपछि कर्मचारीहरु मतदान स्थलतर्फ लाग्नुभएको हो ।
लमजुङमा स्थानीय तह निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचनका लागि आवश्यक गतिविधि तथा क्रियाकलापको कार्य अन्तिम चरणमा पुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
नेपाल सरकारलाई हानिनोक्सानी पुर्याएको आरोपमा तत्कालीन जिल्ला प्राविधिक कार्यालय सप्तरीका प्रमुख जिल्ला इन्जिनियरसहित तीन जनाविरुद्ध आरोपत्र दायर भएको छ।
। प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले सुदूरपश्चिमको राजधानी डडेलधुरा सार्न सकिने बताउनुभएको छ।
पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले २४ घण्टे स्पष्टीकरण सोधेको छ। निर्वाचन आचरसंहिता विपरीत पुल उद्घाटन गरेको भन्दै कार्यालले मङ्गलबार पाँच बजेसम्म लिखित जवाफ दिने भन्दै स्पष्टीकरण सोधेको हो।
काठमाडौं जिल्लाका स्थानीय तहको निर्वाचनका लागि काठमाडौं जिल्ला निर्वाचन कार्यालयले विभिन्न मतदान स्थलमा निर्वाचन सामग्री पठाउन सुरु गरेको छ । एकै चरणमा वैशाख ३० गते शुक्रबार हुन लागेको स्थानीय तह निर्वाचनका लागि जिल्ला समन्वय समितिको कार्यालय काठमाडौंबाट निर्वाचन सामग्री लैजान सुरु भएको हो ।