• १३ साउन २०८१, आइतबार

रुकुम घटनाका दोषीमाथि कारबाही गर्न एमालेको माग

blog

फाइल तस्बिर

काठमाडौं, वैशाख २७ गते। नेकपा (एमाले)ले वैशाख १९ गते रुकुमपूर्वमा भएको घटनाका दोषीमाथि तत्काल छानबिन गरेर कारबाही गर्न माग गरेको छ। 

रुकुमपूर्व पुथा गाउँपालिका वडा नम्बर ११ तल्लोसेरामा घरदैलो प्रचारप्रसार कार्यक्रममा माओवादीका कार्यकर्ताले एक्कासी साङ्घातिक हमला गरेको भन्दै एमालेले घटनाप्रति घोर भत्सना गरेको छ। 

एमाले महासचिव शङ्कर पोखरेलले मङ्गलबार वक्तव्य जारी गर्नुहुँदै सो कार्यक्रममा ३८ वर्षीया कार्यकर्ता ठुँटी बुढा मगरलाई अपहरण गरी बेपत्ता बनाइएको र एक हप्ता बन्धक बनाई शारीरिक र मानसिक याताना दिएर क्रुरतापूर्वक हत्या गरिएको उल्लेख गर्नुभएको छ। साथै सो घटनाका घाइतेको उपचार भइरहेको उहाँको भनाइ छ। 

घटनामा वाइसीएलका कार्यकर्ता कुमार सिंह, कृष्णबहादुर बुढा (किसान), विष्णु बुढा, महेन्द्र बुढा, जयकुमार बुढा, विभिजन बुढा, जनक कामी, मैते कामी लगायत करिब ४०÷४५ जनाको समूहलाई छिटोभन्दा छिटो छानबिन गर्न विज्ञप्तिमा माग गरिएको छ। 

यस्ता घटना फेरि दोहोरिन नदिन एमालेले सरकारसँग माग गरेको छ।