रुकुम पूर्वमा एक महिलाको अपहरण गरेर हत्या गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।
जिल्ला प्रशासन कार्यालय बाजुराले चुनावको समयलाई मध्यनजर गर्दै अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने भएको छ ।
नेकपा (एमाले)बाट वडाध्यक्ष पदमा उम्मेदवार दिनुभएको लबरु चौधरीको मृत्यु भएपछि निर्वाचन आयोगले जेठ ३ गते निर्वाचन गर्ने निर्णय गरेको दाङका मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिनुभयो ।
बाँकेमा स्थानीय तह निर्वाचनका लागि चार हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । खुला सीमानाका कारण बाँकेमा निर्वाचन सुरक्षा निकायको लागि ठूलो चुनौती रहेकोले सो चुनौतीको सामना गर्न जिल्लामा चार हजार सुरक्षाकर्मी परिचालन गरिएको हो ।
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी टोखा नगरपालिका–२ बस्ने २७ वर्षीय रामराज खड्कीलाई प्रहरीले पक्राउ गरेको छ ।
भारतीय उच्चायोगले बुधबार नयाँ दिल्लीले आफ्नो फौज कोलम्बोमा पठाएकोबारे सञ्चारमाध्यमको रिपोर्टलाई अस्वीकार गरेको छ । श्रीलङ्काको प्रजातन्त्र, स्थिरता र आर्थिक पुनः स्थापनालाई देशले पूर्ण समर्थन गरेको भारतीय अधिकारीले बताएका छन् ।
वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनको लागि कैलालीमा सम्पूर्ण तयारी पूरा भएको छ । सफलता पूर्वक निर्वाचन सम्पन्न गर्नका लागि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन कार्यालयले जानकारी दिएको हो ।
नाम्खा गाउँपालिका–६ को हिमालपारीको गाउँ लिमीमा शुक्रबार हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी नेपाली सेनाको सेक्सन अप्रेटिङ बेस स्थापना गरिएको छ ।
स्पेनिस ला लिगामा बार्सिलोनाले सेल्टा भिगोमाथि सहज जित निकालेको छ । घरेलु मैदानमा मंगलबार राति भएको खेलमा बार्सिलोनाले सेल्टा भिगोलाई ३–१ गोलले हरायो । बार्सिलानाको जितमा पिएरे इमरिक औवामियाङको दुई तथा मेम्पिस डिपायले एक गोल गर्नुभयो ।
गत असारमा काम सम्पन्न गर्ने गरी काम शुरु गरिएको एकघर एकधारा पोखरा खानेपानी योजना अलपत्र परेको छ । २०७८ असार २० गते काम सम्पन्न गर्ने गरी २०७६ मंसिर १३ गते योजनाको सम्झौता भएको थियो ।
इङ्लिस प्रिमियर लिगको उपाधि होडमा रहेको लिभरपुलले एस्टन भिल्लामाथि रोमाञ्चक जित निकालेको छ । मंगलबार राति भएको खेलमा लिभरपुलले एस्टन भिल्लालाई उसैको मैदानमा २–१ गोलले हरायो ।
प्रदेश १ का एक हजार ८७७ मतदान स्थलमा मङ्गलबार साँझसम्ममा निर्वाचन सामग्री पुगिसक्ने प्रदेश निर्वाचन कार्यालयले जानकारी दिएको छ । प्रादेशिक निर्वाचन कार्यालय विराटनगरका प्रमुख लेवन कश्यप अधिकारीका अनुसार सबै जिल्लामा निर्वाचन सामग्री पठाइसकिएको छ । “हिमाली तथा पहाडी जिल्लामा कुनै असजिलोबिनै निर्वाचन सामग्री पुगिसकेका छन्,” अधिकारीले भन्नुभयो, “तराईका जिल्लामा पनि सामग्री पठाइसकेका छौँ ।”
अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा अवमूल्यन इतिहासकै उच्च अवस्थामा पुगेको छ । नेपाल राष्ट्र बैङ्कले मङ्गलबारका लागि सार्वजनिक गरेको विदेशी विनिमय दरअनुसार एक अमेरिकी डलरको बिक्री दर १२४ रुपियाँ २५ पैसा पुगेको छ । भारतसँग स्थिर विनिमय दर भएका कारण भारतीय मुद्रा अवमूल्यन भएपछि नेपाली मुद्रा पनि स्वचालित रूपमा कमजोर बनेको हो ।
बैशाख ३० गते अर्थात शुक्रबार हुन गई रहेको स्थानीय तहको निर्वाचनका लागि काठमाडौं उपत्यकामा बसोवास गर्ने मतदाताहरु आ–आफ्नो उम्मेदवारलाई मतदान गर्नका लागि गाउँतर्फ जाँदै ।
भीमफेदीको अर्यालको घर जहाँ सपरिवारको हत्या भएको छ । त्यो हत्या कसरी भयो र कसले ग-यो भन्ने कुरा आजसम्म पनि रहस्यमै छ । भीमफेदी घुम्न आएका प्रायः पाहुना त्यही घरमा बास बस्न जान्छन् र त्यहाँबाट बचेर आउँदैनन् ।