भीमफेदीको अर्यालको घर जहाँ सपरिवारको हत्या भएको छ । त्यो हत्या कसरी भयो र कसले ग-यो भन्ने कुरा आजसम्म पनि रहस्यमै छ । भीमफेदी घुम्न आएका प्रायः पाहुना त्यही घरमा बास बस्न जान्छन् र त्यहाँबाट बचेर आउँदैनन् ।
उत्तरी म्याग्दीको अन्नपुर्ण गाउँपालिका–४ नारच्याङमा ग२ख ६५८ नम्बरको ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकता (प्रिबजेट) सदनमा छलफल गराउन प्रतिनिधि सभाको नियमावली निलम्बनको तयारी गरिएको छ । जेठमा अधिवेशन आह्वान भएपछि प्रतिनिधि सभा नियमावलीले तोकेको बजेट पेसको १५ दिनअघि छलफल गरिसक्नुपर्ने व्यवस्था निलम्बनको तयारी गरिएको हो । सरकारसँगको परामर्शमा सङ्घीय संसद् सचिवालयले नियम निलम्बनसहितको आन्तरिक कार्यतालिका तय गरेको हो । अधिवेशन जेठ ३ गतेदेखि प्रारम्भ हुँदैछ ।
लूनकरणदास–गङ्गादेवी चौधरी साहित्यकला मन्दिरले इतिहासविद् प्रा.डा. त्रिरत्न मानन्धरलाई ‘इतिहास शिरोमणि बाबुराम आचार्य शोध सम्मान’बाट सम्मानित गरेको छ । साहित्यकला मन्दिरको २८औँ वार्षिकोत्सवका अवसरमा मङ्गलबार राजधानीमा आयोजित स्रष्टा सम्मान समारोहमा इतिहासविद् मानन्धरलाई सो सम्मानबाट सम्मानित गरिएको हो । सो अवसरमा साहित्यकार तेजेश्वरबाबु ग्वङ्गलाई ‘सरस्वती सम्मान’ र वरिष्ठ सङ्गीतिज्ञ न्हुच्छेबहादुर डङ्गोललाई ‘नारायणगोपाल सङ्गीत सम्मान’द्वारा सम्मानित गरिएको छ । उहाँहरूलाई जनही एक लाख ५१ हजार रुपियाँसहित सम्मानपत्र प्रदान गरिएको छ ।
अदुवा बिक्री नभएपछि तनहुँका कृषक चिन्तित बनेका छन् । यहाँ उत्पादित अदुवा मूख्य बजार भारत भएको र त्यहाँका व्यापारी खरिद गर्न नआउँदा बिक्री गर्न समस्या परेको कृषकहरुले बताएका छन् । बजार नपाएपछि बिक्री गर्नको लागि खनेर राखिएको अदुवा गोदाममै थन्किएको छ ।
स्थानीय तह निर्वाचनका सन्दर्भमा मङ्गलबार राति १२ बजेबाट मौन अवधि सुरु हुँदैछ । मौन अवधिमा राजनीतिक क्रियाकलाप सम्पूर्ण बन्देज गरिएको छ । यसका लागि निर्वाचन आयोगले आचारसंहिता लागू गरेको छ । सो आचारसंहितामा मौन अवधिमा गर्न पाइने र नपाइने विषयका बारेमा स्पष्ट गरिएको छ ।
पाँच वर्षअघि पोखरा महानगरपालिकाको गठन हुँदा ग्रामीण भेगहरू पनि समेटिए । महानगरमा समेटिने क्रममा पर्यटकीय क्षेत्र फेवातालको सिरानक्षेत्र घट्टेछिना, वाम्दी, पामे, चापापानीलगायतका स्थान पनि जोडिन पुगे । महानगर बनेको उक्त क्षेत्रमा अहिलेसम्म पनि सडक भने पिच हुन सकेको छैन । जुन आशाले मत दिएर जनप्रतिनिधि बनाए उनीहरूले उक्त क्षेत्रका सडकलाई पिच बनाउन सकेनन् । वडा नम्बर २३ का स्थानीयको एउटै चाहना छ, सडक बर्खामा हिलाम्मे नहोस् र हिउँदमा धुलाम्मे ।
प्रधानमन्त्री शेरबहादुर देउवाले बुद्ध जयन्तीका दिन जेठ २ गते भारतका प्रधानमन्त्री नेपाल आउने जानकारी दिनुभएको छ । डडेल्धुरामा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री देउवाले लुम्बिनीमा हुने कार्यक्रममा भारतका प्रधानमन्त्री मोदीसँग आफ्नो भेटवार्ता हुने पनि बताउनुभयो । त्यस क्रममा सुदूरपश्चिम क्षेत्रका लागि महìवको पश्चिम सेती जलविद्युत् आयोजना निर्माणमा भारतीय कम्पनीसँग सम्झौताबारे निर्णय हुनसक्ने बताउनुभयो।
सरकारी आर्थिक कारोबारको प्रतिवेदन १. वडाध्यक्षको काम, कर्तव्य र अधिकार के के हुन् ? लेख्नुहोस् । वडाध्यक्षको काम, कर्तव्य र अधिकार निम्नअनुसार छन् : – वडा समितिको अध्यक्ष भई कार्य गर्ने,
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य ऐनविपरीत खाद्यवस्तु उत्पादन तथा बिक्रीवितरण गरिएको सम्बन्धी ६४ मुद्दा दायर गरेको छ । विभागले नमुना परीक्षणबाट लेबल नभएका, म्याद नाघेका, न्यून गुणस्तर, दूषित र खाद्य ऐनविपरीत उत्पादन तथा बिक्रीवितरण गरेको कसुरमा कारबाहीका लागि जिल्ला प्रशासन कार्यलयमा मुद्दा दायर गरेको हो ।
१. केन्द्रीय तथ्याङ्क विभागले २०७९ वैशाख २२ गते सार्वजनिक गरेको प्रदेशस्तरीय लेखा तथ्याङ्कअनुसार कुन प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा उच्च हुने प्रक्षेपण छ ? बागमती प्रदेश (६.७ प्रतिशत) – प्रदेशगत आर्थिक वृद्धिदर एवं अर्थ
विश्वका प्रायः सबैजसो प्रजातान्त्रिक मुलुकमा हुने आवधिक निर्वाचनका सन्दर्भमा मौन अवधिको व्यवस्था गरिएको हुन्छ । देश, काल र परिस्थिति अनुरूप कुनै मुलुकमा यो नियम अति कडाइका साथ पालना गरिनुपर्ने हुन्छ भने कतिपय मुलुकमा प्रमुख राज
देश स्थानीय निर्वाचनउन्मुख छ । निर्वाचनमा प्रचारप्रसार सकिएर मौन अवधि सुरु भइसकेको छ । नयाँ अनि भौतिक, अभौतिक, विद्युतीय माध्यमलगायत सामाजिक सञ्जालको प्रयोगले निर्वाचन प्रचारको रौनकतालाई मलजल गरिरहेको छ ।
भ्रष्टाचार एउटा अश्वेत अपराध र असाध्य रोग हो, जसले राजनीतिलाई बेकम्मा, कर्मचारीतन्त्रलाई निकम्मा, समाजलाई विशृङ्खल, संस्कृतिलाई विचलित, अर्थतन्त्रलाई धराशायी बनाउँदै राष्ट्रलाई असफल बनाउने गर्छ । यो नीतिभन्दा पनि नियतसँग, परिस्थिति