• १२ वैशाख २०८१, बुधबार

इतिहासविद् मानन्धरलाई सम्मान

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख २८ गते । लूनकरणदास–गङ्गादेवी चौधरी साहित्यकला मन्दिरले इतिहासविद् प्रा.डा. त्रिरत्न मानन्धरलाई ‘इतिहास शिरोमणि बाबुराम आचार्य शोध सम्मान’बाट सम्मानित गरेको छ । 
साहित्यकला मन्दिरको २८औँ वार्षिकोत्सवका अवसरमा मङ्गलबार राजधानीमा आयोजित स्रष्टा सम्मान समारोहमा इतिहासविद् मानन्धरलाई सो सम्मानबाट सम्मानित गरिएको हो ।  सो अवसरमा साहित्यकार तेजेश्वरबाबु ग्वङ्गलाई ‘सरस्वती सम्मान’ र वरिष्ठ सङ्गीतिज्ञ न्हुच्छेबहादुर डङ्गोललाई ‘नारायणगोपाल सङ्गीत सम्मान’द्वारा सम्मानित गरिएको छ । उहाँहरूलाई जनही एक लाख ५१ हजार रुपियाँसहित सम्मानपत्र प्रदान गरिएको छ । 

साहित्यकला मन्दिरका अध्यक्ष वसन्त चौधरीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा डा. अस्मिता अर्यालद्वारा लिखित ‘मैले बुझेको दुनियाँ’ (निबन्ध सङ्ग्रह)को लोकार्पणसमेत गरियो ।