प्रधानमन्त्री शेरबहादुर देउवाको मैत्रीपूर्ण निमन्त्रणामा दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बुद्ध पूर्णिमाको शुभ–साइतमा नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ । उहाँको यस भ्रमणले दुई देशबीचको परम्परागत बहुआयामिक सम्बन्धलाई प्रगाढ बनाउनुका साथै हाम्रो सांस्कृतिक सम्बन्ध र साझा सांस्कृतिक विरासतलाई समेत बलियो बनाउने निश्चित छ ।
प्रत्येक मे १२ लाई संसारभर विश्व नर्स दिवसका रूपमा मनाइन्छ । यो दिन आधुनिक नर्सिङकी जन्मदाता फ्लोरेन्स नाइटिङ्गेलको जन्मदिन पनि हो । यसरी सन् १८२० मे १२ का दिन इटालीको फ्लोरेन्स सहरबाट यसको सुरुवात भएको थियो । यो
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आउनुहुने भएपछि यहाँ तयारी तीव्र पारिएको छ । २५६६औँ बुद्धजयन्तीको अवसर पारेर जेठ २ गते उहाँ लुम्बिनी आउन लाग्नुुभएको हो । भारतका प्रधानमन्त्री मोदीको भ्रमणको सुरक्षा व्यवस्था मिलाउन बुुधबार मात्रै भारतीय सुरक्षाकर्मी एसपीजी (स्पेसल प्रोटेक्सन गार्ड) लुुम्बिनी आइपुुगेको छ । भारतीय वायुसेनाको विमानमार्फत गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा सुरक्षाकर्मी र मोदीले प्रयोग गर्ने गाडी ल्याइएको हो । टोली लुुम्बिनी पुुगेको र नेपाली सुरक्षाकर्मीको समन्वयमा सुरक्षा रणनीति बनाइरहेको रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुुभयो ।
निर्वाचन आयोगले यही वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि मतदाता नामावलीमा समावेश भएका मतदाताले मतदाता परिचयपत्र वा अन्य सक्कली सरकारी कागजपत्रका आधारमा मतदान गर्न सकिने निर्णय गरेको छ ।
सरकारले वैशाख ३० गते हुने निर्वाचनको दिन प्रसूतिलगायत आकस्मिक सेवा नरोक्न स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ।
काठमाडौं, वैशाख २८ गते। चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा सात खर्ब २४ अर्ब ७४ करोड बराबरको विप्रेषण स्वदेश भित्रिएको छ। नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको चालु आवको नौ महिनाको विवरणमा विप्रेषण आप्रवाह ०.६ प्रतिशतले कमी आएको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १६.५ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह २.२ प्रतिशतले कमी आई छ अर्ब पाँच करोड कायम भएको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १३.१ प्रतिशतले बढेको थियो।समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको सङ्ख्या उल्लेख्यरुपमा वृद्धि भई दुई लाख ५६ हजार ३१ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ७४.९ प्रतिशतले घटेको थियो। त्यसैगरी वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा १९९.९ प्रतिशतले वृद्धि भई दुई लाख छ हजार ६२९ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ६०.७ प्रतिशतले घटेको थियो।समीक्षा अवधिमा खुद ट्रान्सफर ०.७ प्रतिशतले कमी आई आठ खर्ब आठ अर्ब ९२ करोड कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १४.४ प्रतिशतले बढेको थियो।
गणतन्त्र भारतका लागि नवनियुक्त नेपालका राजदूत डा शङ्करप्रसाद शर्माले गणतन्त्र भारतका राष्ट्रपति रामनाथ कोविन्दसमक्ष नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा आज आयोजित विशेष समारोहमा आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ।
चालु आर्थिक वर्षको नौ महिनामा मुद्रास्फीति, चालु खाता र शोधनान्तर घाटा बढेको छ।
गामी दिनमा नेपाल सरकारलाई अक्सिजनकै लागि कठिनाइको सामना गर्न नपरोस् भनेर कतार सरकारले अक्सिजन उत्पादन गर्ने ट्यांकर उपलब्ध गराएको छ ।
शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि मतदान गर्न गाउँ फर्कनेको भीडका कारण अरनिको राजमार्ग खण्ड अस्तव्यस्त बनेको छ।
ईश्वर मन्दिरले वीर अस्पताललाई चिकित्साजन्य उपकरण हस्तान्तरण गरेको छ । संस्थाले दुई थान ईलेक्ट्रोलाइट एनालाइजर उपकरण उपलब्ध गराएको हो ।
नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले घरेलु मैदानमा युगान्डासँग टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले युगान्डासँग जेठमा सिरिज खेल्न लागेको जानकारी दिएको हो ।
प्रधानमन्त्री एवम् नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनमा गन्यापधुरा गाउँपालिकाको असिग्राम मावि रुवाखोलामा रहेको मतदान केन्द्र ‘ख’ बाट मताधिकार प्रयोग गर्नुहुने भएको छ ।
सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिप गल्फको तेस्रो दिन बुधबार एमेच्योर गल्फर सुवास तामाङले एकल अग्रता लिनुभएको छ । पार ७२ को गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा जारी प्रतियोगितामा सुवासले बुधबार तीन अन्डर ६९ खेल्नुभयो । उहाँको कूल १५ अन्डर २०१ स्कोर छ ।
वैशाख ३० गतेको स्थानीय निर्वाचनका लागि एक दिन मात्रै बाँँकी रहँदा काठमाडौं उपत्यका छाड्नेको सङ्ख्या बढ्दैछ ।