काठमाडौं महानगरपालिका वडा नम्बर १८ का पूर्ववडाध्यक्ष चन्द्रानन्द नेवाको बिहीबार निधन भएको छ। पछिल्लो समय पनि अनवरत सेवामा रहनुभएका नेवाः को ९० वर्षको उमेरमा निधन भएको हो।
प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार (वैशाख ३० गते) हुन गइरहेको स्थानीय तहको निर्वाचनमा निर्धक्कसँग मतदान गरी आफ्नो मताधिकारको प्रयोग गर्न सम्पूर्ण देशबासीमा अपील गर्नुभएको छ।
काठमाडौं, वैशाख २९ गते । दिवाकर भट्टराईले निर्देशनमा बन्ने फिल्म 'हनी बनी' मा नायकको रुपमा बलिउड अभिनेता अभिमन्यू तोमार अनुबन्धित हुनुभएको छ । तोमार नेपाली अभिनेत्री जसिता गुरुङसँग देखिनुहुनेछन् । फिल्ममा सलोन बस्नेतकोसमेत मुख्य भूमिका रहनेछ ।बलिउडमा मोडलिङ गरिरहेका अभिमन्यूले 'लैजा मजनु' नामक सिनेमाबाट बलिउड र गीत 'याद पियाकी आने लगी' लगायतका थुप्रै भिडियोमा मोडलिङ गर्नुभएको छ । फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन रहेको छ ।
मुुख्य निर्वाचन र निर्वाचन अधिकृतको कार्यालय सबै स्थानमा सीसीटिभी जडान गरिएको छ । सबै मतगणनास्थलमा हुने क्रियाकलापको अनुमगन गर्न सीसी क्यमरा जडान गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय तनहुँले स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै बिहीबारदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ ।
सर्लाहीमा मतगणना हुने २० वटै पालिकामा तारजाली हालेर मतगणनास्थल तयार पारिएको छ । शुक्रबार सम्पन्न हुने स्थानीय तह निर्वाचन पश्चिात जिल्लाको ११ वटा नगरपालिका र नौ वटा गाउँपालिकाको कार्यालय रहेको भवनमा मतगणना हुने भएको छ ।
कैलालीको मतगणनास्थलमा सीसी क्यामेरासहितको तयारी गरिएको छ ।
शुक्रबार हुने स्थानिय तह निर्वाचनको लागि रौतहट जिल्लामा मतदान कार्यको सम्पूर्ण तयारी पूरा भएको छ ।
काठमाडौं, वैशाख २९ गते। शुक्रबार हुने स्थानीय तहको निर्वाचनको दिन सरकारी निकायको प्रेस पास भएका पत्रकारलाई निर्वाचन आयोगले दिने सवारी अनुमतिपत्र आवश्यक नपर्ने भएको छ। निर्वाचन आयोगले बिहीबार यस्तो निर्णय गरेको हो। यो निर्णसँगै नेपाल सरकार र प्रदेश सरकारको आधिकारीक निकायबाट जारी भएका प्रेस पास हुने सञ्चारकर्मीले आयोगबाट सवारी साधनका लागि सवारी अनुमति पत्र लिनु नपर्ने भएको हो। ‘नेपाल सरकार वा प्रदेश सरकारको आधिकारिक निकायबाट जारी भएको प्रेस पास भएका सञ्चारकर्मीका हकमा त्यस्ता सञ्चारकर्मीले प्रयोग गर्ने सवारी साधनका लागि सवारी अनुमतिपत्र आवश्यक नपर्ने’, आयोगको निर्णयमा भनिएको छ। प्रेस पास नभएका सञ्चारकर्मीको हकमा सम्बन्धित सञ्चारगृहको आधिकारिक पत्रमार्फत् अनुरोध आएमा प्रमुख जिल्ला अधिकारी, काठमाडौंले अनुमतिपत्र जारी गर्नसक्ने आयोगले जनाएको छ। आयोगकी शाखा अधिकृत जयकला राईले सार्वजनिक गर्नुभएको विज्ञप्तिमा भनिएको छ, ‘प्रेस पास नभएका सञ्चारकर्मीको हकमा सम्बन्धित सञ्चारगृहको आधिकारिक पत्रमार्फत् अनुरोध भइ आएमा प्रमुख जिल्ला अधिकारी, काठमाडौंले सवारी अनुमतिपत्र जारी गर्न सक्ने।’’
पछिल्लो २४ घण्टामा थप चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई हजार ४६३ जनाको पीसीआर परीक्षण गर्दा चार जनामा सङ्क्रमण पुष्टि भएको हो ।
स्थानीय तह निर्वाचनको तयारी अन्तिम अवस्थामा पुगेको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ । मतदानस्थलको निर्माण तथा मतपत्र ढुवानी, मतदान स्थलमा सुरक्षा प्रबन्धलगायतका तयारी अन्तिम चरणमा पुगेकोे कार्यालयले जनाएको छ ।
इ प्रकाशनले नेपालमा स्तरीय शिक्षा प्रणालीका लागि गुरुत्तर भूमिका निर्वाह गरी अहोरात्र शिक्षासेवामा समर्पित शिक्षाविद् डा.सुरेशराज शर्मालाई २०७८ सालको ‘नइ देरुनीख सुकीर्ति पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ ।
स्थानीय तह निर्वाचनका लागि तनहुँमा ३४ जना महिलालाई मतदान अधिकृतको जिम्मेवारी दिइएको छ । जिल्लास्थित २९७ मध्ये उक्त ३४ जना महिला अधिकृतलाई जिम्मेवारी दिइएको जिल्ला निर्वाचन कार्यालय तनहुँँकी सूचना अधिकारी दुर्गामाया आलेले जानकारी दिनुभयो ।
मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीलाई प्रहरीले पक्राउ गरेको समाचार झुठो रहेको धनुषाका प्रहरी प्रवक्ता प्रदीप क्षेत्रीले जानकारी दिनुभयो ।
काठमाडौं, वैशाख २९ गते । फिल्म 'सम्झना बिर्सना'को प्रदर्शन मिति स्थगित गरिएको छ । निर्माण टिमले चुनावका कारण फिल्म हेर्ने स्थिति नरहेको भन्दै फिल्म निर्धारित मितिमा रिलिज नहुने जानकारी गराएको हो । फिल्मले जेठ ६ गते प्रदर्शन हुने गरी ट्रेलर सार्वजनिक गरेको थियो । फिल्ममा आकाश श्रेष्ठ र पूजा शर्माको मुख्य भूमिका देख्न सकिन्छ । यो फिल्मलाई निमेष प्रधानले निर्देशन गर्नुभएको हो भने फिल्मका निर्माता आदित्यमान प्रधान हुनुहुन्छ । निर्माण टिमले अर्को उपयुक्त मिति मिलाएर फिल्म रिलिज गर्ने जानकारी दिनुभएको छ ।