• ९ जेठ २०८१, बुधबार

हुम्लाका मतगणनास्थलमा सीसीटिभी जडान

blog

राजन रावत
हुुम्ला, वैशाख २९ गते ।
मुख्य निर्वाचन र निर्वाचन अधिकृतको कार्यालय सबै स्थानमा सीसीटिभी जडान गरिएको छ । सबै मतगणनास्थलमा हुने क्रियाकलापको अनुमगन गर्न सीसी क्यमरा जडान गरिएको हो ।

मुुख्य निर्वाचन अधिकृत जगतबहादुुर पौडेलले सात वटै गाउँपालिकाको सहयोगमा मुुख्य र निर्वाचन अधिकृतको कार्यालयमा सीसीटिभी क्यामरा जडान गर्ने कार्य सम्पन्न भएको बताउनुभयो । उहाँले सीसीटिभी क्यामराको जडानले मतगणना कार्यमा हुने गतिविधिको अनुमगन गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार, एउटा कार्यालयमा चारदेखि आठ वटासम्म सीसीटिभी जडान गरिएको छ ।

सीसीटिभी मतगणना स्थलमा छ वटा र मुख्य प्रवेशद्वारमा समेत जडान गरिएको छ । सबै गतिविधिको निगरानी राख्न सहज हुने भएको उहाँले बताउनुभयो ।

यसैगरी, सात वटै गाउँपालिकाका मतगणनास्थलमा तारबार गर्ने कार्यका साथै आवश्यक पर्ने बत्तीको पनि व्यवस्था गरिएको छ ।

यसैबीच, मुख्य निर्वाचन अधिकृत पौडेलले जिल्लाका सात वटा गाउँपालिकाका ५४ वटै मतदान केन्द्रमा मतदान कार्यका लागि सबै तयारी पूरा भएको बताउनुुभयो । मतदानमा खटिएका कर्मचराीहरुले नियम अनुुसारका मतदान स्थलका लागि आवश्यक संरचना निर्माण गर्ने कार्य पूरा भएको मुख्य निर्वाचन अधिृकतको कार्यालयले जनाएको छ ।

मौसम बिहीबारबाटै बिग्रीएकोले सम्बन्धि मतदान अधिकृतलाई खबर गरेर स्थानीय स्तरमा पालको व्यवस्था गरेर पानीबाट बचाउने संरचना निर्माणका लागि निर्देशन समेत कार्यालयले दिएको जनाएको छ ।

मतपेटिका गाडीमा ढुवानी
शुक्रबार मतदान कार्य सम्पन्न भएपश्चात सडक निर्माण भएका स्थानबाट गाडीबाट र सडक नजोडिएका स्थानमा पैदल बोकेर सडक जोडिएका स्थानमा ल्याउनुपर्ने भएको छ । त्यसपछि गाडी व्यवस्था गरिएको छ ।

जिल्लाका खार्पुनाथ गाउँपालिकाबाहेक अन्य सबै गाउँपालिकाका मतपेटिकाहरु गाडीबाट ढुवानी गरिनेछ । मतपेटिका ढुवानीका लागि सिमकोट गाउँपालिकाको हकमा जिल्ला प्रशासन कार्यालय र अन्यका हकमा भने सम्बन्धित गाउँपालिकाले गाडीको व्यवस्था गरेका छन् । खार्पुनाथका पाँच वटा मतदान केन्द्र सडक सञ्जालसँग नजोडिएका कारण कर्मचारीले बोकेर निर्वाचन अधिकृतको कार्यालयसम्म ल्याउने व्यवस्था गरिएको छ ।