• १३ साउन २०८१, आइतबार

जेठ २ गतेसम्म अदालत बन्द रहने

blog

काठमाडौं, वैशाख २९ गते। स्थानीय तहको निर्वाचन र सार्वजनिक बिदाका कारण सर्वोच्च अदालतसहित देशभरका अदालत आगामी जेठ २ गतेसम्म बन्द हुने भएको छ। 

सर्वोच्च अदालतका सह प्रवक्ता देवेन्द्र ढकालले आज जारी गरेको सूचनामा यही वैशाख ३० गतेदेखि आगामी जेठ २ गतेसम्म स्थानीय तहको निर्वाचन एवं सार्वजनिक बिदा परेपछि चार दिन अदालत बन्द रहने उल्लेख छ। 

 अदालतले न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम आगामी जेठ २ गते सोमबारका दिन बन्दी प्रत्यक्षीकरणको सुनुवाइ गर्ने प्रयोजनार्थ बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म सर्वोच्च अदालत खुला रहने जनाएको छ।