• २ असार २०८१, आइतबार

रौतहटमा निर्वाचन तयारी सम्पन्न

blog

सञ्जयकुमार मिश्र
गौर, वैशाख २९ गते ।
शुक्रबार हुने स्थानिय तह निर्वाचनको लागि रौतहट जिल्लामा मतदान कार्यको सम्पूर्ण तयारी पूरा भएको छ ।

निर्वाचनका लागि मतदान सामग्रीसहित कर्मचारीहरु मतदान केन्द्रमा खटिसकेका छन् भने मतदानस्थल र केन्द्रको निमार्ण भइरहेको जिल्ला निर्वाचन कार्यालय रौतहटले जनाएको छ ।

नगरप्रमुख १६, उपप्रमुख १६, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष दुई, वडाध्यक्ष १५७ र वडासदस्य ६२८ गरी ८२१ पदका लागि निर्वाचन हुने निर्वाचन कार्यालय रौतहटका प्रमुख अधिकृत छोटेलाल दासले जानकारी दिनुभयो ।

रौतहट जिल्लाका १८ वटा स्थानीय तहका निर्वाचनका लागि दुई लाख २२ हजार ९४५ पुरुष, एक लाख ८५ हजार ४६ महिला र एक जना अन्य गरी चार लाख सात हजार ९७२ मतदाता रहेका प्रमुख दासले बताउनुभयो ।

निर्वाचनका लागि रौतहट जिल्लामा २७६ मतदानस्थल र ५१८ मतदान केन्द्र कायम गरिएको छ ।