विष्णुप्रसाद पोखरेलदमक, वैशाख २९ गते । दमकसहित झापाका अधिकांश मतदानस्थलहरुमा मतदाता शिक्षा प्रदान नगरिएको बताइएको छ । मतदानस्थलमा खटिएका मतदान अधिकृत तथा सहायक अधिकृत र कर्मचारीहरुले समेत नमुना मतपत्र नपाएकाले सिकाउन नसकिएको बताएका हुन् ।मतदाता परिचयपत्र लिन आउनेहरुलाई बुधबार र बिहीबार मतदाता शिक्षा प्रदान गरिने बताइएता पनि नमुना मतपत्र नै मतदानस्थलमा नरहेको पाइएको हो । दमक नगरपालिका भित्र रहेको मतदानस्थलमा पुग्दा त्यहाँ खटिएका कर्मचारीहरुले नमुना मतपत्र समेत देखाउन असमर्थ हुनुभयो । ‘अहिलेसम्म कसैले पनि मत हाल्ने तरिका सिक्न खोज्नु भएन र सिकाएका छैनौं’, एक मतदान अधिकृतले भन्नुभयो । आफूहरुलाई अनिवार्य रुपमा मत हाल्न मतदाता शिक्षा दिनु भनेर नभनिएको समेत उहाँको भनाइ थियो । हामीलाई त नमुना मतपत्र पनि दिइएको छैन र सिकाउनु भनिएको छैन, मतदानस्थलमा रहनु भएका अर्का एक कर्मचारीले भन्नुभयो ।मतदाताहरु मतदाता परिचयपत्र लिन पनि अत्यन्तै कम संख्यामा मात्र मतदान स्थलमा आएको बताइन्छ । हिमालय माविको मतदान केन्द्रका एक मतदान अधिकृतका अनुसार मत हाल्न सिक्न भनेर त यो दुई दिनको अवधिमा कोही एकजना पनि आउनु भएको छैन, उहाँले भन्नुभयो ।निर्वाचन अधिकृतको कार्यालय दमकका प्रमुख केशवप्रसाद पन्तकाअनुसार मतदाता शिक्षा प्रदान गर्ने कार्य व्यवस्थित हुन नसकेको स्वीकार गर्नुभयो ।‘मतदाता शिक्षा कार्यक्रम व्यवस्थित गर्न नसकिएको सत्य हो’, उहाँले भन्नुभयो । दमकमा ५८ हजारभन्दा बढी मतदाताहरु रहेका छन् । दमक नगरपालिकाभित्रको सुनसान मतदानस्थल । कर्मचारीहरु मतदाता परिचयपत्र लिनेआउने मतदाताको पखाईमा ।
झापाको दमकमा मतगणनास्थललाई सुरक्षित बनाउनका लागि तारजाली प्रयोग गरी सुरक्षा व्यवस्था कडा पारिएको छ । निर्वाचन अधिकृतको कार्यालय दमकका प्रमुख केशवप्रसाद पन्तका अनुसार मतगणना भइरहेको स्थलमा तोकिएका बाहेकका कोही पनि जान नसक्ने गरी आवश्यक व्यवस्था मिलाइएको छ ।
मेगा बैंक नेपाल लिमिटेडले साना किसानहरुको कृषि व्यवसाय प्रवर्द्धनका लागि डिजिटल बैंकिङमार्फत वित्तीय सहयोग प्रदान गर्ने उद्देश्यले आइडीई नेपालसँग सम्झौता गरेको छ ।
शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि उपत्यकाका विभिन्न स्थानमा मतदानस्थल तथा मतदान केन्द्र निर्माण गर्ने कार्य धमाधन भइरहेको छ । बिहीबार साँझसम्म सबै मतदानस्थल र मतदान केन्द्रको निर्माण पूरा गरी शुक्रबार बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदानको तयारी गरिएको छ ।
महोत्तरीमा शुक्रबार हुने स्थानय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । महोत्तरीमा १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ वटै पालिकामा रहेको २५८ मतदान स्थल र ४९७ मतदान केन्द्रमा निर्वाचनको तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय महोत्तरीले जनाएको छ ।
बुद्ध जन्मस्थल लुम्बिनीमा पाँच हजार मानिस अट्ने सभाहल र ध्यान केन्द्र निर्माणको काम सकिएको छ । लुम्बिनी विकास कोषका अनुसार निर्माण सम्पन्न भएको ध्यान केन्द्रको आगामी जेठ २ गते बुद्ध जयन्तीका दिन उद्घाटन गरिने छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले युगान्डासँग आगामी जेठमा अयोजना हुन लागेको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजका लागि नेपाली महिला क्रिकेट टोलीको घोषणा गरेको छ ।
पार्टीका कार्यबाहक मुख्य सचिव डा. प्रदीप पराजुलीद्वारा जारी विज्ञप्तिमा काँग्रेसले पार्टीको केन्द्रीय निर्देशन एवम् पाँच दलीय गठबन्धनका उम्मेदवारविरुद्ध सक्रिय रहेकाले पाँचजना नेतालाई पार्टी सदस्यबाट निलम्बन गरेको उल्लेख छ ।
शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि रुपन्देहीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । निर्वाचन अवधिका लागि रुपन्देहीमा चार हजार ६०४ सुरक्षाकर्मी परिचालन गरिएको हो । मतदानस्थलमा सुरक्षाकर्मी र कर्मचारी मतपत्रसहित पुगिसकेका छन् ।
वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह सदस्य निर्वाचनमा काठमाडौं महानगरमा १५६ मतदान स्थल र ३६३ मतदान केन्द्रबाट जनप्रतिनिधि चुनिँदै छन् । तीन लाख २४२ मतदाता रहेको महानगरमा सबैभन्दा धेरै वडा नं. १६ मा २० हजार १७५ जना मतदाता छन् ।
स्पेनिस ला लिगाको शीर्ष चारको होडमा रहेको एट्लेटिको म्याड्रिडले जित्दा सेभिया भने बराबरीमा रोकिएको छ । बुधबार राति भएको खेलमा एट्लेटिकोले इल्चेलाई उसैको मैदानमा २–० गोलले हरायो ।
वल्भ्समाथि सानदार जित निकाल्दै म्यानचेस्टर सिटी इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि मुखमा रहेको छ । बुधबार राति भएको खेलमा सिटीले वल्भ्सलाई उसैको मैदानमा ५–१ गोलले हरायो ।
इटालिया कप फुटबलको उपाधि इन्टर मिलानले जितेको छ । रोमामा बुधबार राति भएको खेलमा इन्टरले युभेन्ट्सलाई अतिरिक्त समयमा ४–२ गोलले हराउँदै उपाधि जितेको हो ।
महोत्तरीको औरहीमा बिहीबार बिहान दुई पक्षबीच झडप भएको छ । झडपमा दुवै पक्षका गरी पाँच जना घाइते भएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रञ्जन मिश्र जानकारी दिनुभयो । उहाँका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ भने तीनजना समान्य घाइते भएका छन् ।
पर्यटन क्षेत्रमा सुधार, आयात नियन्त्रणलगायत विभिन्न प्रयास भइरहे पनि विदेशी मुद्रा सञ्चितिमा सुधार आउन सकेको छैन । नेपाल राष्ट्र बैङ्कले बुधबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो नौ महिना अर्थात् साउनदेखि चैतसम्मको आर्थिक परिसूचकले विदेशी मुद्रा सञ्चितिमा अझै दबाब रहेको देखिएको हो ।