• २ असार २०८१, आइतबार

दमकमा मतगणनास्थलमा तारजाली

blog

विष्णुप्रसाद पोखरेल
दमक, वैशाख २८ गते ।
झापाको दमकमा मतगणनास्थललाई सुरक्षित बनाउनका लागि तारजाली प्रयोग गरी सुरक्षा व्यवस्था कडा पारिएको छ ।

निर्वाचन अधिकृतको कार्यालय दमकका प्रमुख केशवप्रसाद पन्तका अनुसार मतगणना भइरहेको स्थलमा तोकिएका बाहेकका कोही पनि जान नसक्ने गरी आवश्यक व्यवस्था मिलाइएको छ । उहाँले सीसी क्यामेरा जडान गर्नेलगायत मतगणनास्थललाई सुरक्षित बनाउने कार्य सकिएको जानकारी दिनुभयो ।

दमक नगरपालिकाको पुरानो प्रशासनिक भवनको तेश्रो तलमा रहेको सभाहललाई मतगणनास्थल बनाइएको छ । एउटै हलभित्र चार स्थानमा मतगणना गर्न सकिने र उम्मेदवार तथा राजनीतिक दलका तोकिएका प्रतिनिधिहरु बस्नका लागि समेत उपयुक्त प्रबन्ध गरिएको उहाँको भनाइ छ ।

स्थानीय तह निर्वाचनमा दमकलाई महत्वका साथ हेरिएको छ । दमकका सुरक्षा व्यवस्था कडा पारिएको छ ।

दमकमा १० वटा वडामा ६४ वटा मतदानकेन्द्र तोकिएको छ । दमकमा ५८ हजार १७६ मतदाता छन् ।