• १० जेठ २०८१, बिहिबार

काँग्रेसद्वारा पूर्व सांसदसहित पाँच नेता निलम्बित

blog

काठमाडौं, वैशाख २९ गते । नेपाली काँग्रेसले भरतपुर महानगरपालिकाका पाँचजना नेतालाई पार्टीबाट निलम्बन गरेको छ ।

पार्टीका कार्यबाहक मुख्य सचिव डा. प्रदीप पराजुलीद्वारा जारी विज्ञप्तिमा काँग्रेसले पार्टीको केन्द्रीय निर्देशन एवम् पाँचदलीय गठबन्धनका उम्मेदवारविरुद्ध सक्रिय रहेकाले पाँचजना नेतालाई पार्टी सदस्यबाट निलम्बन गरेको उल्लेख छ ।

निलम्बनमा पर्नेहरुमा पूर्वसांसद भीमबहादुर श्रेष्ठ, तरुण दलका पूर्वकेन्द्रीय सदस्य शम्भुप्रसाद अर्याल, क्षेत्रीय प्रतिनिधि सूर्य बस्नेत, तरुण दल चितवनका पूर्व जिल्ला सचिव आनन्दराज राउत र क्रियाशील सदस्य डा. केशव पौडेल हुनुहुन्छ ।