• १६ चैत २०८०, शुक्रबार

थप चार जनामा सङ्क्रमण पुष्टि

blog

काठमाडौं, वैशाख २९ गते । पछिल्लो २४ घण्टामा थप चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई हजार ४६३ जनाको पीसीआर परीक्षण गर्दा चार जनामा सङ्क्रमण पुष्टि भएको हो ।

त्यसैगरी, ३५४ जनाको एन्टिजेन परीक्षण गर्दा कसैमा पनि सङ्क्रमित पुष्टि भएको छैन ।

२४ घण्टामा १८ जना डिस्चार्ज भएका छन् भने मृत्युदर शून्य छ । यसैगरी, २४ घण्टामा २१ हजार १७९ जनाले खोप लगाएका छन् भने सक्रिय सङ्क्रमितको सङ्ख्या १७३ जना छन् ।