शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि मतदान गर्न गाउँ फर्किदै गरेको यात्रु चढेको बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् ।
पुराना मुद्दाको फस्र्योट बढाउने उपायसहित कार्ययोजना पेस गर्न सर्वोच्च अदालतको पूर्ण बैठकले न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संयोजकत्वको मुद्दा व्यवस्थापन समितिलाई थप जिम्मेवारी तोकेको छ । आवश्यक गृहकार्य र सुधारको मार्गचित्रसहित प्रतिवेदन पेस गर्न पूर्ण बैठकले समितिलाई निर्देशन दिने निर्णय गरेको हो । न्यायाधीश तिलप्रसाद श्रेष्ठको विचाराधीन पुराना मुद्दा फस्र्योट र न्यायिक सुधारबारेको प्रस्तुतीकरणपछि बुधबारको बैठकले सो निर्णय गरेको हो ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो नियमित व्यवसायिक उडान कुवेतको जजिरा एयरवेजले जेठ २९ गतेबाट गर्ने भएको छ ।
महाकाली नदीमा तुइन विस्थापन गर्न सरकारले बनाएका दुईवटा झोलुङ्गे पुल निर्माण पूरा भइसक्दासमेत सञ्चालनमा आएका छैनन् । पुल निर्माण भएको तीन महिना बितिसके तर हस्तान्तरण हुन बाँकी भन्दै तालाबन्दी गरिएपछि स्थानीय समस्यामा छन् । पुल सञ्चालन नहुँदा अझै पनि तुइनको सहारामा नदी वारपार गर्नुपरेको स्थानीय दीपक भट्टले बताउनुभयो । भारतीय सीमा सुरक्षा बलले बेला–बेला तुइनसमेत हटाएपछि दुहुँ र व्यास गाउँपालिकाका बासिन्दाको दैनिकी कष्टकर बनेको छ ।
शुक्रबार सम्पन्न हुने स्थानीय तहको निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले विभिन्न पाँच जना महिलालाई मतदान अधिकृतका रुपमा खटाएको छ । निर्वाचन सम्पन्न गर्न कर्मचारी खटाउने कार्यलाई सक्षमता र समावेशी बनाउन महिला कर्मचारीलाई जिम्मेवारी दिइएको मुुख्यनिर्वाचन अधिकृत जगतबहादुुर पौडेलले बताउनुभयो ।
पछिल्लो एक सातामा मुलुकभर झन्डै छ करोड लिटर पेट्रोलियम पदार्थ (डिजल, पेट्रोल) खपत भएको छ । स्थानीय चुुनावका कारण मुलुुकभर इन्धनको माग बढेको हो । नेपाल आयल निगमका अनुसार वैशाख १९ देखि २५ गते आइतबारसम्ममा ५९ हजार ९२७ किलोलिटर अर्थात् पाँच करोड ९९ लाख २७ हजार लिटर इन्धन खपत भएको छ । सो अवधिमा २० हजार ३२७ किलोलिटर पेट्रोल र ३९ हजार छ सय किलोलिटर डिजल खपत भएको छ । अघिल्लो सोमबारदेखि बजारमा इन्धनको खपत बढ्दै गएको हो ।
रुपन्देही जिल्लामा स्थानीय तह निर्वाचनसम्बन्धी सम्पूर्ण तयारी पूरा भएको छ । मतदान केन्द्रको व्यवस्थापन गर्ने, जनशक्ति परिचालनलगायत कार्य सम्पन्न भएको छ ।निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्याप्रसाद भण्डारीका अनुसार सबै मतदान अधिकृतलाई निर्वाचनका लागि आवश्यक सामग्री बुझाइसकिएको छ । परिचयपत्र वितरणको कामसमेत सुरु भइसकेको छ ।
राजनीतिक दलका उम्मेदवार तथा कार्यकर्तालाई यतिखेर स्थानीय तह निर्वाचनको चटारोमा भए पनि सर्वसाधारण मतदाता भने गर्मी छल्न भन्दै सिन्धुलीगढीतिर जान थालेका छन् । सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाढीमा गर्मी बढेसँगै चिसो हावापानी र मनोरम दृश्य रहेको कमलामाई नगरपालिका–३ स्थित ऐतिहासिक स्थल सिन्धुलीगढीमा यतिखेर मानिसको चहलपहल बढ्दै गएको छ ।
कैलालीमा स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सम्पूर्ण तयारी पूरा भएको निर्वाचन कार्यालयले जानकारी दिएको छ । “निर्वाचनका लागि आवश्यक सामग्रीसहित कर्मचारी मङ्गलबार सबै निर्वाचन केन्द्रमा खटिसकेका छन् । निर्वाचनका लागि आवश्यक सबै तयारी पूरा भइसकेको छ,” निर्वाचन अधिकृत प्रेमराज भट्टले भन्नुभयो ।
गण्डकी प्रदेशका सबै जिल्लामा स्थानीय तह निर्वाचनको तयारी लगभग पूरा भएको छ । निर्वाचन केन्द्रमा खटिएका कर्मचारी एवं सुरक्षाकर्मी आ–आफ्नो केन्द्रमा पुगिसकेका छन् । विभिन्न कामले पोखरालगायतका सहर–बजारमा आएर बसोबास गरेका जिल्लाका मतदाता आफ्नो निर्वाचन क्षेत्रमा पुगेर मतदान गर्नका लागि गाउँ जाने क्रम बढेको छ ।
नेपाल बैङ्कर्स एसोसिएसनले जेठ महिनामा ब्याजदर नबढाउने सहमति गरेको छ । बैङ्क तथा वित्तीय संस्थाले आपसी सहमति गरेर स्थिर राख्दै आएका छन् । बैङ्कले गत फागुनदेखि नै निक्षेपको अधिकतम ब्याजदर ११.०३ प्रतिशत कायम गरेका छन् । त्यसैगरी विकास बैङ्कहरूले ११.५५ र फाइनान्स कम्पनीले ११.७१ कायम नै राखेका छन् ।
स्थानीय तह निर्वाचनका लागि मतदाता नामावली रहेको आफ्नो थलोमा जानेको लर्को बढेको छ । कतिपय मतदाता स्वेच्छाले र कतिपय आग्रह टार्न नसकी अस्थायी बासस्थानबाट मतदानका लागि निस्केका हुन् ।यसअघिका निर्वाचनमा झैँ गा
स्थानीय तहको भोलि शुक्रबार हुने निर्वाचनको सबै तयारी पूरा भएको छ । नयाँ संविधान जारी भएपछिका दोस्रो पटकको निर्वाचनका लागि सरकार, निर्वाचन आयोग, राजनीतिक दल, उम्मेदवार, आममतदाता तथा अन्य सरोकारवाला पक्षमा स्वतस्र्फूत रूपमा उत्साह एवं उमङ्गको वातावरण बनेको छ । निर्वाचनको तयारी स्वरूप मुलुकभरका ७५३ स्थानीय तहका सबै मतदान केन्द्रमा मतदान सामग्री पुगिसकेको आयोगले जानकारी गराएको छ ।
लोकतन्त्रको विस्तार बीसौँ शताब्दीमा सीमा विहीन रूपमा भयो । लोकतन्त्र जीवन पद्धति र सबैले मिलेर काम गर्ने प्रक्रिया हो । यसको प्रभाव बढेको छ । र, यही कारणले गर्दा लोकतन्त्रले अभिछिन्न इतिहास रच्न सिद्ध भएको छ । मानव इतिहासमै लोकतन्त्रको बढी प्रगति यही शताब्दीमा भयो । नेपालले पनि लोकतान्त्रिक यात्राबाटै गणतन्त्र र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधानलाई प्राप्त ग-यो ।
विगत पाँच वर्षमा अर्थात् २०७३ सालपछि नेपालको वैदेशिक व्यापार घाटा अप्रत्याशित रूपबाट बढ्दै गएको छ । यथेष्ट मात्रामा देशको निकासी अभिवृद्धि हुन नसक्दा नै यस प्रकार व्यापार घाटा अप्रत्याशित रूपले बढ्न गएको छ । विगतका पाँच वर्षयता निकासी हँुदै आएका पाम तेल, भटमासको तेल, फलाम र फलामका वस्तु, धागो, उनी गलैँचा, टेक्सटाइल्स, तयारी पोसाक, अलैँची, जुस, जुटका वस्तु, मुसुरो, पश्मिनाका सामान, तामाका वस्तु, चिया, मञ्जन, छाला र अरू प्रत्येक एक अर्बभन्दा कम मूल्यका वस्तुहरूका निकासी अभिवृद्धिको क्रम जारी रा