• २ असार २०८१, आइतबार

मतदानस्थलमा मोबाइल लान नपाइने

blog

तस्बिरः केशब गुरुङ

काठमाडौं, वैशाख २९ गते । निर्वाचन आयोगले शुक्रबार हुने स्थानीय निर्वाचनको मतदानस्थलमा मोबाइल, क्यामरा वा फोटो खिच्ने जस्ता अन्य कुनै पनि साधन लान नपाइने जनाएको छ । आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले मतदानस्थल तथा मतदान केन्द्रमा प्रवेश गर्न पाएका मतदातले यस किसिमका कुनै पनि प्रकारका सामाग्री लान नपाइने बताउनुभयो ।

उहाँले यसबाहेक मतदान गर्न जादा लाइटर, सलाई, एसिड जस्ता कुनै पनि प्रकारको हातहतियार लान नपाइने बताउनुभयो । यस्तै, कुनै पनि राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिह्न वा संकेतजन्य वस्तु मतदानस्थलमा लान पाइने छैन । 

यससँगै मतदानका दिन वर्षा हुन सक्ने पूर्वानुमान भएकाले सोही अनुरुप सजगता अपनाउन पनि आयोगले मतदातालाई आग्रह गरेको छ ।

“वर्षाका कारणले मतदान र मतगणना कार्य प्रभावित नगर्न, निर्वाचन सामग्रीको सुरक्षा गर्न सरकार सम्बद्ध निकायलाई निर्देशन दिइएको छ”, उहाँले भन्नुभयो, “निष्पक्ष तथा पारदर्शी र भयमुक्त वातावरणमा सञ्चालन गर्न सबै प्रकारका यातायात बन्द गराउन सरकारका गृह मन्त्रालयलाई लेखी पठाइएको छ ।”