काठमाडौँको चोभारमा निर्माण गरिएको सुक्खा बन्दरगाह (ड्राइपोर्ट)मा सामान भित्रिन थालेका छन् । एक महिनाअघि उद्घाटन गरिएको यो सुक्खा बन्दरगाहमा हालसम्म १० ट्रक सामान आइपुगेका हुन् । भारतबाट वीरगञ्ज हुँदै सामान बोकेर आएका ती ट्रक सिधै चोभारमा आएका हुन् ।
प्रधानमन्त्री एवम् नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन हुँदैन भनेर हल्ला फिजाइएको थियो तर आज देशभर निर्वाचन भइरहेको बताउनु भएको छ ।
छ वटा महानगरपालिका मध्ये सर्वाधिक चर्चामा रहेको भरतपुर महानगरपालिकाकी उम्मेद्वार रेनु दाहाल र प्रतिस्पर्धी उम्मेद्वार बिजय सुवेदीले शुक्रबार बिहान भरतपुर महानगरपालिकाको स्थानीय तह सदस्य निर्वाचनको लागि मतदान गर्नु भएको छ ।
स्वदेशमा आत्मनिर्भर भइसकेको लुगा धुने साबुन, डिटर्जेन्ट पाउडरलगायतका वस्तुको आयातमा प्रतिबन्ध लगाउन उद्योगीले माग गरेका छन् । सरकारले सवारीसाधन, मोबाइल फोन, टेलिभिजनजस्ता वस्तुको आयातमा प्रतिबन्ध लगाउँदा नेपालमै उत्पादन हुने वस्तुको आयात नरोकेको उद्योगीले गुनासो गरेका हुन् ।
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र र संविधान सभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवाशचन्द्र नेम्वाङले इलामबाट मतदान गर्नुभएको छ । नेता खनालले सूर्योदय नगरपालिका ९ को राष्ट्रिय आधारभूत विद्यालयबाट बिहान मतदान गर्नु भएको हो ।
अर्थमन्त्री जनार्दन शर्माले स्थानीय तह निर्वाचनको लागि मतदान गर्नुभएको छ । अर्थमन्त्री शर्माले रुकुम पश्चिमको मुसीकोट नगरपालिका ५ को यमुना नन्द नमुना माविको ‘क’ मतदान केन्द्रबाट मतदान गर्नुभएको हो ।
डोटीको दुई मतदान केन्द्रमा मतदान प्रक्रियामा रोकिएको छ। शिखर नगरपालिका ७ लाटामाण्डौं माविमा रहेको मतदान केन्द्र र सोही नगरपालिकाको वडा नम्बर ८ राधाकृष्ण माविमा रहेको मतदान केन्द्रमा मतदान प्रक्रिया रोकिएको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले झापामा मतदान गर्नु भएको छ । अध्यक्ष लिङदेनले हल्दिबारी गाउँपालिका १ स्थित वडा कार्यालय गोलधाप (ख) मतदान केन्द्रमा गएर मतदान गर्नु भएको हो ।
विराटनगरमा मेयर–उपमेयरसहित केन्द्रीय नेताले मत खसाल्ने क्रम जारी छ ।
जिल्लाकाे चंखेली गाउँपालिका– २ को महादेव मावि मतदान केन्द्रमा गठबन्धन दल पक्ष र अध्यक्ष पदका स्वतन्त्र उम्मेदवार प्यारीलाल शाही पक्षविच झडप हुँदा मतदान अधिकृत कृष्णप्रसाद आचार्य सहित तीन जना घाइते हुनुभएको छ ।
काठमाडौँ महानगरपालिकाको प्रमुख पदका उम्मेदवार केशव स्थापित र सिर्जना सिंहले मतदान गर्नुभएको छ ।
स्थानीय तह निर्वाचनका लागि उपत्यकाबाट लाखौँ मतदाता आफ्नो थलो फर्किएका छन् । भक्तपुरमा अस्थायी रूपमा बसोबास गर्ने मतदाता मतदान गर्न गाउँ फर्किएको भए पनि निर्वाचन गराउन टोली मतदान स्थलमा पुगेपछि निर्वाचनको माहोल बढेको छ ।
कुमार विवेकानन्द मिश्ररौतहट, वैशाख ३० गते । स्थानीय तह निर्वाचनको क्रममा आज बिहान ७ बजेबाट सुरु भएको मतदानमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले मतदान गर्नुभएको छ ।नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष रहनुभएका नेपालले उहाँको गृह जिल्ला रौतहटको गौर नगरपालिका वडा नं. २ को रामजानकी कन्या प्रावि मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।तस्बिर : कुमार विवेकानन्द मिश्र
पर्यटकीय सिजन र निर्वाचनका कारण अहिले आन्तरिकतर्फको उडान कोरोना महामारीपूर्वकै अवस्थामा पुगको छ । आन्तरिक र बाह्य पर्यटकको बाक्लो आउजाउसँगै निर्वाचनको चहलपहलले आन्तरिक उडानको अकुपेन्सी ९० प्रतिशत नाघेको छ ।
हुुम्ला, वैशाख ३० गते । शुक्रवार बिहान सात बजेबाट सुुरु हुनुपर्ने मतदान कार्य सुुरु हुन सकेको छैन । बिहानैबाट वर्षा भएको कारण ती मतदान केन्द्रमा मतदान कार्य सुुरु नभएको हो । मुुख्य निर्वाचन अधिकृत जगतबहादुुर पौडेलले जिल्लाका ५४ मध्य चार वटा मतदान केन्द्रमा अहिलेसम्म मतदान कार्य सुुरु हुन नसकेको बताउनुुभयो । उहाँले यसरी मतदान कार्य सुुरु हुन नसक्नुुको कारण बिहानैबाट वर्षा भएको कारण मतदाता नआउनुु रहेको बताउनुुभयो । अहिलेसम्म मतदान कार्य सुुरु नभएका मतदान केन्द्रमा सर्केगार्ड गाउँपालिका– ५ को धुमचुमी मावि मतदान केन्द्र र स्वयम्भुआवि मतदान केन्द्र रहेका छन् भने चंखेली गाउँपालिका– ५ कै डाँफे मावि मतदान केन्द्र रहेका छन् भने नाम्खा गाउँपालिका– ४ को महाबाैद्ध मावि मतदान केन्द्रमा भने मतदाताकै सल्लाह अनुुसार खाना खाएर मतदान कार्य सुुरु हुने भएको छ । ५० वटा मतदान केन्द्रमा भने बिहान सात वजेबाट सुुरु भएर मतदान कार्य भइरहेको छ । मतदान कार्य सुुरु भएका मतदान केन्द्रमा बिहानबाटै मतदानका लागि मतदाताको उत्साहजनक उपस्थिती रहेको पाईएको छ । केही मतदान केन्द्रमा बिहान सात बजेटबाट मतदान सुुरु भए पनि २५ भन्दा बढी मतदान केन्द्रमा भने सात बजेपछि मतदान सुुरु भएको हो ।