• १२ असार २०८१, बुधबार

भरतपुर महानगरका दुई प्रतिस्पर्धीले गर्नुभयो मतदान

blog

भरतपुर महानगरपालिकाकी उम्मेद्वारद्धय रेनु दाहाल र बिजय सुवेदी मतलान गर्नुहुँदै । तस्विरः शान्ता अधिकारी

चितवन, बैशाख ३० गते । छ वटा महानगरपालिका मध्ये सर्वाधिक चर्चामा रहेको भरतपुर महानगरपालिकाकी उम्मेद्वार रेनु दाहाल र प्रतिस्पर्धी उम्मेद्वार बिजय सुवेदीले शुक्रबार बिहान भरतपुर महानगरपालिकाको स्थानीय तह सदस्य निर्वाचनको लागि मतदान गर्नु भएको छ ।

पूर्व प्रमुख समेत रहेकी दाहालले भरतपुर १४ सुन्दरवस्ती स्थित आधारभुत विद्यालय ख केन्द्रमा पुगेर मतदान गर्नुभयो । उहाँका प्रतिस्पर्धी बिजय सुुवेदीले भरतपुर १२ स्थित मोहना मावि मतदान स्थलमा पुगेर मतदान गर्नु भएको छ ।

२९ वटा वडा रहेको भरतपुर महानगरपालिकामा एक लाख ८५ हजार ७५२ मतदाता छन् । २०७४ को निर्वाचनमा यहाँ एक लाख ५० हजार २७२ मतदाता थिए । महानगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) विच सहकार्य भएको थियो भने, अन्य वडाहरुमा प्रमुख तीन वटा पार्टी एक्लाएक्लै चुनामा होमिएका थिए । 

भरतपुर महानगरपालिकामा ४३ हजार १२७ मत ल्याएर नेकपा माओवादी तर्फको उम्मेद्वारले प्रमुख जित्दै गर्दा प्रतिद्वन्द्वी नेकपा एमाले उम्मेद्वारको मत ४२ हजार ९२४ थियो । २९ वटा वडामध्ये एमालेले १३ वडा र कांग्रेसले ११ र माआवादीले तीन वटा वडामा जित हाँसिल गरेका थिए ।


Author

शान्ता अधिकारी