• ९ जेठ २०८१, बुधबार

झडपमा घाइते कर्मचारीको हेलिकप्टरबाट उद्धार

blog

हुुम्ला, वैशाख ३० गते । चंखेली गाउँपालिका– २ को महादेव मावि मतदान केन्द्रमा दु पक्षबीच झडप हुँदा घाइते कर्मचारी काला रोकायलाई हेलिकप्टरबाट उद्धार गरिएको छ ।

टाउकोमा गहिरो चोट लागेपछि उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेततर्फ लगिएको हो । झडपमा मतदान अधिकृत कृष्णप्रसाद आचार्य र स्थानीयबासी लीला शाही घाइते हुनुभएको छ । सामान्य विवादपछि झडपले उग्र रुप लिएपछि प्रहरीले झडपलाई नियन्त्रणमा लिन आठ राउण्ड हवाईफायर  गरेको छ ।

घटनापछि केही समयका लागि मतदान कार्य स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी सीता परियारले जानकारी दिनुभयो । 

तीन वटा केन्द्रमा मतदान स्थगित 

हुम्लाको तीन वटा मतदान केन्द्र दुई घण्टादेखि मतदान प्रक्रिया स्थगित भएको छ । हुम्लाको चंखेली गाउँपालिका– २ को महादेव मावि मतदान केन्द्र, अदानचुली गाउँपालिका– ४ को कुकुरफाल्ना मतदान केन्द्र र सिमीकोट गाउँपालिका–२ को रामदेव मावि मतदान केन्द्र स्थगित भएको प्रमुख जिल्ला अधिकारी परियारले जानकारी दिनुभयो । 

Author

राजन रावत