• १२ असार २०८१, बुधबार

निर्वाचन आयुक्त तुलाधारद्वारा मतदान

blog

बेलिना थापा

लमजुङ, वैशाख ३० गते । स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगका निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधारले मतदान गर्नुभएको छ ।

उहाँले सुन्दरबजार नगरपालिका–२ परेवाडाडास्थित महेन्द्र माध्यमिक विद्यालयको केन्द्र ‘ख’ बाट शुक्रबार बिहान मतदान गर्नुभएको हो ।

शुक्रबार बिहान ७ बजेबाट सबै मतदान केन्द्रहरुमा मतदान सुरु भएको छ । उहाँले देशैभर शान्तिपूर्ण रुपमा मतदान कार्य भइरहेको बताउनुभयो । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र भयरहित बाताबरणमा सन्पन्न गराउन कर्मचारी खटिएको बताउनुयो । सबैले निर्वाचन सफल बनाउन सहयोग गरेको बताउनुभयो ।

लमजुङमा १२३ मतदानस्थल र १८२ मतदान केन्द्र छन् । सबै केन्द्रमा मतदान धमाधम भइरहेको छ । महिला, पुरुष, जेष्ठ नागरिक र अपाङ्गता भएकालाई छुट्टै लाइन बनाइएको छ । जेष्ठ नागरिक र अपाङ्गता भएकालाई प्राथमिकता दिएएको छ ।

प्रमुख जिल्ला अधिकारी सुशील बैद्यले जिल्लामा शान्तिपूर्ण रुपमा मतदान कार्य भइरहेको बताउनुभयो ।