• १२ असार २०८१, बुधबार

म्याग्दीमा शान्तिपूर्ण मतदान, उत्साहजनक सहभागी

blog

अमृतप्रसाद पौडेल
म्याग्दी, वैशाख ३० गते ।
स्थानीय तह निर्वाचनअन्तर्गत हिमाली जिल्ला म्याग्दीमा शान्तिपूर्ण रुपमा मतदान सुरु भएको छ ।

शुक्रबार बिहान १० बजेसम्म जिल्लाका ७४ स्थानमा ११४ मतदान केन्द्रहरुमा मतदान भइरहेको मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले जानकारी दिनुभयो ।

पौडेलले अहिलेसम्म कुनै पनि स्थानमा मतदान नरोकिएको र अवरोध नभएको जानकारी दिनुभयो । सबै मतदान केन्द्रहरुमा उत्साहजनक रुपमा मतदाताहरुको सहभागी भएको उहाँले बताउनुभयो ।

जिल्लामा सुरक्षा व्यवस्था चुस्त रहेको र कही कतै पनि कुनै अप्रिय घटना नभएको प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले बताउनुभयो । जिल्लाको समग्र सुरक्षा व्यवस्था चुस्त छ र मतपेटीकाहरुलाई गणनास्थलसम्म पु¥याउने व्यवस्था पनि गरेको प्रजिअ रानाले बताउनुभयो ।

त्यस्तै, दुर्गम स्थान गुर्जाबाट मतपेटीका मतगणना स्थलसम्म पु¥याउन असम्भव भएकोले होलिकोप्टरका लागि अनुरोध गरेको उहाँले बताउनुभयो ।

म्याग्दी निर्वाचन सम्पन्न गर्नका लागि कुल ५६१ जना कर्मचारी र सुरक्षाको लागि एक हजार ४४७ जनाको जनशक्ति परिचालन गरिएको छ ।

सुरक्षातर्फ ६१७ म्यादी प्रहरी, ३८० नेपाल प्रहरी, २३४ नेपाली सेना र २१६ जना सशस्त्र प्रहरी जिल्लामा परिचालन भएको जिल्ला सुरक्षा समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी चिरञ्जिवि रानाले बताउनुभयो ।

छ वटा स्थानीय तहका ४५ वटा वडा रहेको म्याग्दीमा पुरुष ४१ हजार ४१४, महिला ४३ हजार ९६० र अन्य एकजना गरी ८५ हजार ३७५ जना मतदाता छन् । जिल्लाभर कुल २३७ पदका लागि ७१८ जना उम्मेदवारहरु चुनावी मैदानमा छन् ।