• १२ असार २०८१, बुधबार

राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले गर्नुभयो मतदान

blog

दमक, वैशाख ३० गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले झापामा मतदान गर्नु भएको छ । अध्यक्ष लिङदेनले हल्दिबारी गाउँपालिका १ स्थित वडा कार्यालय गोलधाप (ख) मतदान केन्द्रमा गएर मतदान गर्नु भएको हो । 

लिङदेनले यस निर्वाचनमा परिवर्तनको पक्षमा जनताले मत जाहेर गर्ने विश्वास लिईएको बताउनु भयो । देशभर राप्रपाले उत्साहजनक मत परिणाम प्राप्त गर्ने विश्वास लिएको छु, उहाँले भन्नुभयो ।

झापामा अघिल्लो स्थानीय तहको निर्वाचनमा हल्दिबारी गाउँपालिकामा राप्रपाबाट अध्यक्षमा उनका भाइ रवीन्द्र लिङदेनले जित्नु भएको थियो । यो पटक पनि उहाँले नै उम्मेद्वारी दिनु भएको छ ।


Author

विष्णुप्रसाद पोखरेल