जिल्लामा स्थानीय तह निर्वाचनमा वृद्धवृद्धा, अशक्तहरु, गर्भवती महिला मतदान केन्द्रमा पुगेर मतदान गरिरहेका छन् । नुवाकोटको विदुर नगरपालिका–४ का राममाया तामाङ ह्विलचेयरमा मतदान केन्द्र पुग्नुभएको हो ।
स्याङ्जाको वालिङमा मतदाता बोकेको जीप दुर्घटनामा पर्दा १४ जनाको मृत्यु भएको छ । वालिङ १४ को सिख्रेबाट तिवारी पसलस्थित मतदान केन्द्रका लागि छुटेको जीप ग २ च ३०२६ जीप अर्खलावासमा दुर्घटनामा परेको हो । जीप पर्वत जोड्ने माथिल्लो सडकबाट ५ सय मिटर तल्लो सडकमा झरेको हो ।
पूर्वअर्थमन्त्री एवम् नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डे मतदान गर्नुभएको छ । शुक्रबार स्थानीय तह निर्वाचनअन्तर्गत पूर्वी चितवनको राप्ती ५ स्थित भण्डार अस्पतालको मतदान केन्द्रबाट उपाध्यक्ष पाण्डेले मतदान गर्नुभएको हो ।
भोटराज राईउदयपुर, वैशाख ३० गते । परराष्ट्रमन्त्री एवम नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा= नारायण खड्काले उदयपुरको बेलका नगरपालिकाबाट मतदान गर्नुभयो । मन्त्री खड्काले बेलका–८ को डुडखोला मतदान केन्द्रमा ८ः४० बजे मतदान गर्नुभएको हो । स्थानीय निर्वाचनमा उहाँ उदयपुर जिल्लामा सक्रियतापूर्वक खट्नुभएको थियो ।यसैबीच, उदयपुरमा आठै पालिकामा शान्तिपूर्वक मतदान भइरहेको छ । चार गाउँपालिका र चार नगरपालिका गरी आठ स्थानीय तह रहेको उदयपुरमा समयमै मतदान सुरु भएको हो ।दुई लाख २३ हजार १३८ मतदाताका लागि तोकिएको ९८ स्थानका २५८ मतकेन्द्रमा सबै ठाउँ समयमै बिहान ७ः०० बजेदेखि मतदान गर्ने कार्य भइरहेको मुख्य निर्वाचन अधिकृत दिपक खनालले जानकारी दिनुभयो ।मतदाताहरुको उत्साहजनक उपस्थिति देखिएको छ । बिहानैदेखि मतदानस्थलमा भीडभाड देखिएको छ । भीडलाई व्यवस्थित पार्दै पुरुष, महिला र वृद्धवृद्धा, अपाङ्ग, अशक्त, गर्भवतीका लागि छुट्टाछुट्टै लामको व्यवस्था मिलाइएको छ ।मतदानका लागि मौसमले साथ दिएको छ । बिहानदेखि नै घाम लागेको छ । वर्षात हुने पूर्वानुमानका कारण मतदानस्थलमा त्रिपाल टाँगेर मतपत्र तथा पेटिकाको सुरक्षा गरिएको छ । राम्रो मौसमका कारण जिल्लाभर नै मतदान कार्य सञ्चालन सहज भएको जनाइएको छ ।मतकेन्द्र, मत पेटिका, मतदान स्थल तथा मतदानस्थल वरपर नेपाल प्रहरी, सशस्त्र प्रहरी, म्यादी प्रहरीले सुरक्षा घेरा लगाएको छ भने बाहिरको शान्ति सुरक्षालाई मध्यनजर गर्दै नेपाली सेनाले गस्ती गरिरहेको छ ।
चित्र मिजारसिन्धुपाल्चोक, वैशाख ३० गते । मतदान केन्द्रमा खटिएका एजेन्टले दुईजना मतदाताको नाममा मतदान गरेको आरोपमा नेकपा एमालेका युवाले बाह्रबिसे नगरपालिका–१ घोर्थलीस्थित भूमेश्वरी आबिमा रहेको मतदान केन्द्रमा ढुङ्गामुढा र टेबल तोडफोड गरेका छन् ।इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक मुकेश न्यौपानेले उक्त घटनापछि १२ बजेसम्म मतदान स्थगित भएको जानकारी गराउनुभयो । बिहान ११ बजेदेखि यो समाचार तयार पर्दासम्म स्थगित मतदान शुरु हुन सकेको छैन । मतदान पुनः सञ्चालनका लागि दलहरु, मतदान अधिकृतहरुको बैठक बसिरहेको छ ।नौ सय २७ मतदाता रहेको सो वडामा तीन सय मत खसेको बाह्रबिसे नगरपालिका सहायक निर्वाचन अधिकृत अक्षयकुमार दनुवारले बताउनु भयो । त्यस्तै, मेलम्ची नगरपालिका–४ ज्यामिरेमा मतदाताबीच ठेलमठेल भएपछि नेपाली सेनाको उपस्थितिपछि स्थिति नियन्त्रणमा आएको छ ।पाँचपोखरी गाउँपालिका–२ याङग्री मतदान केन्द्रमा निर्वाचन अधिकृतको हस्तक्षर बिनाको मतपत्र भेटिएपछि विवाद भई केही मतदान रोकिएको थियो । उक्त मतदान केन्द्रमा अहिले पुनः मतदान शुरु भएको सिन्धुपाल्चोक जिल्ला निर्वाचन अधिकृत विकास रिजालले बताउनुभएको छ ।
इलामको सूर्योदय नगरपालिका–१० की युवन्तिका तामाङले सगरमाथाको सफल आरोहण गर्नुभएको छ ।
महेशकुमार दासजलेश्वर, वैशाख ३० गते । महोत्तरीको बलवा नगरपालिका—५स्थित महाबीर मतदान केन्द्रमा मतदाता नामावली सम्बन्धि दुई पक्षबीच झडप भएको छ ।झडपलाई नियन्त्रण लिन प्रहरीले एक राउण्ड हवाई फायर गरेको छ ।‘मतदाता नामावली सम्बन्धी विवाद उग्ररुप लिएपछि प्रहरीले एक राउण्ड हवाई फायर गरेको छ । ’ जिल्ला प्रहरी कार्यालय महोत्तरी प्रहरी उपरीक्षक कृष्णप्रसाद पंगेनीले भन्नुभयो ‘प्रहरीले हवाई फायर गरेर स्थिति नियन्त्रणमा लिइ केहीबेर झडपका कारण रोकिएको मतदान कार्य पुनः सुचारु भएको छ । ’झडपका कारण आधा घण्टा सम्म त्यहाँ मतदान प्रक्रिया रोकिन पुगे पनि प्रहरीले संयमता अपनाउँदै स्थितिलाई नियन्त्रणमा लिएपछि मतदान कार्य पुनः शुरु भएको प्रहरी उपरीक्षक पंगेनीले बताउनुभएको हो ।बलवामा थप प्रहरी परिचालन गर सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जानकारी दिएको छ ।
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन अन्तर्गत प्राप्त प्रारम्भिक तथ्याङ्क अनुसार हालसम्म ३५ प्रतशित मतदान भएको छ । आयोगले शुक्रबार बिहान ७ बजेदेखि मध्यान्ह १२ बजेसम्म त्यति मत खसेको जनाएको हो ।
स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगका निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधारले मतदान गर्नुभएको छ । उहाँले सुन्दरबजार नगरपालिका–२ परेवाडाडास्थित महेन्द्र माध्यमिक विद्यालयको केन्द्र ‘ख’ बाट शुक्रबार बिहान मतदान गर्नुभएको हो ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मतदान गर्नुभएको छ । शुक्रबार ओलीले भक्तपुर नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति माविको मतदान केन्द्रमा गएर मतदान गर्नुभएको हो ।
स्याङ्जाको वालिङमा मतदाता बोकेको जीप दुर्घटनामा परेको छ । वालिङ १४ को अर्खलावासमा ग २ च ३०२६ दुर्घटनामा परेको हो । मतदानका लागि जाँदै गरेका मतदाताहरु चढेको जीप पर्वत जोड्ने माथिल्लो सडकबाट सडकमा झरेको हो ।
स्थानीय तह निर्वाचनअन्तर्गत हिमाली जिल्ला म्याग्दीमा शान्तिपूर्ण रुपमा मतदान सुरु भएको छ ।
जिल्लाको चंखेली गाउँपालिका– २ को महादेव मावि मतदान केन्द्रमा गठबन्धन दल पक्ष र अध्यक्ष पदका स्वतन्त्र उम्मेदवार प्यारीलाल शाही पक्षविच झडप हुँदा घाइते हुनुभएका कर्मचारी काला रोकायलाई हेलिकप्टरबाट उद्धार गरिएको छ ।
स्थानीय तह निर्वाचनअन्तर्गत शुक्रबार स्वतन्त्र उम्मेदवार शाहले काठमाडौंको गैरीगाउँस्थित अन्नपूर्ण बोडिङ स्कुल मतदान केन्द्रबाट मतदान गर्नुभएको हो ।
स्थानीय तह निर्वाचनमा किरियापुत्री तीन दाजुभाइले मतदान गर्नुभएको छ । शुक्रबार बिहान चितवनको रत्ननगर नगरपालिका १५ माधवपुर केन्द्रबाट किरिया पुत्रि तीन दाजुभाई र दुई बुहारीले मतदान गर्नुभएको हो ।