• १३ साउन २०८१, आइतबार

इलामकी युवन्तिकाद्वारा सगरमाथाको सफल आरोहण

blog

प्रेम अधिकारी
पशुपतिनगर(इलाम), वैशाख ३० गते ।
इलामको सूर्योदय नगरपालिका–१० की युवन्तिका तामाङले सगरमाथाको सफल आरोहण गर्नुभएको छ ।

तामाङले शुक्रबार बिहान ६ बजेर ५० मिनेटमा सगरमाथा शिखरको सफल आरोहण गर्नुभएको हो ।

उहाँले सगरमाथाको चुचुरोमा नेपालको राष्ट्रिय झण्डा फहराउनुभएको छ । उहाँ अहिले शिखरबाट आधार शिविरतर्फ फर्कने क्रममा हुनुहुन्छ । इलामको सूर्योदयमा सामान्य परिवारमा जन्मिएकी तामाङ कृषि पेशामा आबद्ध हुनुहुन्छ ।