• १२ असार २०८१, बुधबार

एमाले उपाध्यक्ष पाण्डेद्वारा मतदान

blog

शालिग्राम नेपाल
चितवन, वैशाख ३० गते । 
पूर्वअर्थमन्त्री एवम् नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डे मतदान गर्नुभएको छ ।

शुक्रबार स्थानीय तह निर्वाचनअन्तर्गत पूर्वी चितवनको राप्ती ५ स्थित भण्डार अस्पतालको मतदान केन्द्रबाट उपाध्यक्ष पाण्डेले मतदान गर्नुभएको हो ।

मतदानपछि उहाँले स्थानीय निर्वाचनमा गठबन्धनले सार्थक परिणाम दिन नसक्ने बताउनुभएको छ ।

‘‘देशव्यापी रुपमा अहिले एमालेप्रति जनताको लहर आएको छ । हाम्रो पार्टी एक्लै काफी छ ।,’’ उहाँले भन्नुभयो । उहाँले विजयको बाटो आफैँ तय गर्ने दाबी गर्नुभयो ।

देशभर ७० देखि ८० प्रतिशतसम्म मत खस्ने खालको उत्साह देखिएको बताउनुभयो  ।

अरु सरकारको तुलनामा पाच सात वर्षमा परिणाम नआएकोमा एमालेको सरकार बनेपछि एक डेढ वर्षमै राम्रो परिणाम आएको बताउनुभयो ।