• १२ असार २०८१, बुधबार

स्थानीय तह निर्वाचन

मध्याह्न १२ बजेसम्म ३५ प्रतिशत मत खस्यो : आयोग

blog

काठमाडौं, वैशाख ३० गते । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन अन्तर्गत प्राप्त प्रारम्भिक तथ्याङ्क अनुसार हालसम्म ३५ प्रतशित मतदान भएको छ । आयोगले शुक्रबार बिहान ७ बजेदेखि मध्यान्ह १२ बजेसम्म त्यति मत खसेको जनाएको हो ।

आयोगका प्रवक्ता एवम् सहसचिव शालिग्राम शर्मा पौडेलले अहिलेसम्म छिटफुट घटना बाहेक मतदान शान्तिपूर्ण तथा उत्साहजनक रुपमा भइरहेको  बताउनुभयो ।

देशभरका सात सय ५३ वटै स्थानीय तहका दश हजार सात सय ५६ मतदानस्थलका २१ हजार नौ सय ५५ मतदान केन्द्रमा मतदान कार्य अपरान्ह ५ बजेसम्म हुने जनाइएको छ ।

दोलखा, सर्लाही, सप्तरी, रामेछाप, पर्वत, हुम्ला र बाजुराका केही मतदानस्थलमा सामान्य विवादका कारण मतदान कार्य अवरुद्ध भएको छ ।

उक्त स्थानहरुमा मतदान कार्य छिट्टै सुचारु गरिने आयोगले जनाएको छ ।