• १२ असार २०८१, बुधबार

ह्विलचेयरमा पुग्नुभयो ८० वर्षीया राममाया मतदान केन्द्र

blog

नमराज सुबेदी
नुवाकोट, वैशाख ३० गते ।
जिल्लामा स्थानीय तह निर्वाचनमा वृद्धवृद्धा, अशक्तहरु, गर्भवती महिला मतदान केन्द्रमा पुगेर मतदान गरिरहेका छन् । नुवाकोटको विदुर नगरपालिका–४ का राममाया तामाङ ह्विलचेयरमा मतदान केन्द्र पुग्नुभएको हो  ।

उहाँ मतदानका लागि शुक्रबार बिहान ९ बजे नुवाकोटस्थित आदर्श बहुमुखी क्याम्पसमा रहेको मतदान केन्द्रमा पुग्नुभएको हो । हिँडडुल गर्न नसक्ने ८० वर्षीया तामाङलाई उहाँका छोराले मतदानका लागि मतदान केन्द्रमा ल्याउनुभएको हो । तामाङको मतदाता नम्बर ४१४१७०४ हो ।

राममायाले मतदान गर्नुभएको वडा नम्बर ४ मा एक मात्र मदतान केन्द्र रहेको छ । जसअन्तर्गत एक हजार २२० पुरुष र एक हजार ३४६ महिला गरी कुल दुई हजार ५६६ मतदाता छन् ।

विदुर नगरपालिकाका ४४ हजार १७९ मतदाताले ५४ मतदान केन्द्रबाट मतदान गर्दै छन् । बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ ।