• १४ वैशाख २०८१, शुक्रबार

दुधे बालक च्यापेर मतदात

blog

यादवारज पुरी
रौतहट, वैशाख ३० गते ।
रौतहटको विभिन्न मतदानस्थलमा पुगेका महिला मतदान गर्न निकै उत्सुक देखिएका छन् ।

स्थानीय तह निर्वाचनअन्तर्गत शुक्रबार साना–साना बालबच्चा च्यापेर मतदानस्थल पुग्नुभएका महिला उत्साहका साथ मतदान गर्नुभएको छ ।

मतदान केन्द्रका प्रमुखले महिलाहरुले पनि पङ्क्तिबद्ध भएर मत खसाल्नुभएको जानकारी दिनुभयो ।

चन्द्रपुर नगरपालिका–१ बागमती माध्यमिक विद्यालय मतदान स्थलमा मतदान गर्न पुग्नुभएकी एक महिला आफ्नो चार महिने बालक काखी च्यापेर लाइनमा बसेरै मतदान गर्नुभयो ।

यस्तै, जुडिबेला मतदानस्थलमा पनि दुधेबालक बोकेका महिला मत खसाल्नु भएको छ । उहाँ पनि लाइनमा बसेरै मतदान गर्नुभएको हो । चन्द्रपुर मतदानस्थललगायत नगरको अधिकांश मतदानस्थलमा आफ्ना स–साना काखे बालक च्यापि महिलाहरु मतदान थर्न मतदान स्थलमा पुग्नुभएको हो ।