• ३ असार २०८१, सोमबार

भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकार प्रतिवद्ध छ : गृहमन्त्री खाण

blog

फाइल तस्बिर

काठमाडौं, वैशाख २९ गते। गृहमन्त्री बालकृष्ण खाणले सरकार भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गर्न प्रतिवद्ध रहेको उल्लेख गर्नुभएको छ। बिहीबार मतदातालाई निर्वाचनमा सहभागी हुन अपील गर्नुहुँदै गृहमन्त्री खाणले यस्तो बताउनुभएको हो। 

गृहमन्त्री खाणको अपीलमा भनिएको छ, ‘‘सरकार स्वच्छ, निष्पक्ष धाँधलीरहित र शान्तिपूर्ण तरिकाले भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गर्न प्रतिबद्ध छ।’’

उहाँले सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनी र बुवा आमालाई निर्भयतापूर्वक विवेकसम्मत रूपले आफ्नो टोल, गाँउ र नगर विकासका लागि सक्षम प्रतिनिधि छनोट गर्न आफ्नो अमूल्य अभिमत प्रदान गर्न अनुरोध गर्नुभएको छ। शुक्रबार (वैशाख ३० गते) एकसाथ देशभर ७५३ स्थानीय तहको निर्वाचन हुँदैछ।