• १० जेठ २०८१, बिहिबार

अतिसंवेदनशील मतदान स्थलको सुरक्षा व्यवस्था कडा

blog

बेलिना थापा
लमजुङ, वैशाख २८ गते ।
वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि तोकिएको मतदान स्थलमध्ये २२ वटा मतदान स्थल अतिसंवेदनशीलको सूचीमा रहेको छ ।

लमजुङमा १२३ वटा मतदान स्थलमध्ये २२ वटा अतिसंवेदनशील रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । भौगोलिक विकटता, मतदान केन्द्रको सुरक्षा चुनौती र यातायातको सहज पहुँचका आधारमा मतदान स्थललाई अति संवेदनशील केन्द्रका रुपमा वर्गीकरण गरिएको मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायधिश शिवप्रसाद खनालले बताउनुभयो । उहाँका अनुसार यातायातको सुविधा नपुगेको, भौगोलिक विकटता रहेको ठाउँमा सुरक्षाको जोखिम हुनसक्ने भएकाले अति संवेदनशील केन्द्रका रुपमा मानिएको हो ।

अतिसंवेदनशील केन्द्रहरुमा सामुदायिक सहकारी भवन ठूलीबारी, कालिका मावि पन्थीडाँडा, ज्ञानोदय मावि, साैभाग्यदय मावि, शिशु विद्याश्रम, शैलपुत्री मावि, सूर्योदय मावि जनमिलन भन्ज्याङ, पाचोक मावि, विन्दवासिनी आवासीय मावि, मनहरि प्रावि, जनकल्याण मावि तिलाहार, फलेनी मावि, गणेश आवासीय मावि, विरेन्द्रशीला आवासीय मावि र अमरज्योति मावि सिम  छ ।

अतिसंवेदनशील केन्द्रहरुमा सुरक्षा व्यवस्थालाई बढी मजबुत बनाइएको प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताउनुभयो । सुरक्षामा चुनौती हुने भएकाले यसमा सुरक्षाकर्मी परिचालनमा ध्यान दिएको बताउनभुयो । संवेदनशील स्थल ८० वटा छ । सामान्य २१ वटा र मतदान स्थल छन् । १२३ मतदान स्थलमा १८२ वटा मतदान केन्द्र रहेको छ ।

जिल्ला सुरक्षा समितिले लमजुङमा मतदान केन्द्रको वर्गीकरण गरी संवेदनशीलताको सूची तयार पारेको हो । २०७४ को स्थानीय तह निर्वाचनको अवस्था हेरेर मतदान केन्द्रको वर्गीकरण गरिएको हो । लमजुङमा मतदाताको सङ्ख्या एक लाख ३१ हजार ४९४ छन् । जिल्लामा यसअघि एक लाख २२ हजार ८०६ जना मतदाता थिए ।