• ५ जेठ २०८१, शनिबार

सुुत्केरीको हेलिकोप्टरबाट उद्धार

blog

हेलिकोप्टरबाट सुुत्केरी महिलाको उद्धार गरिँदै । तस्बिर : राजन रावत, हुम्ला

हुुम्ला, वैशाख २७ गते । सुुत्केरी भएको तीन दिनपछि एकजना महिलाको हेलिकोप्टबारट उद्धार गरिएको छ । सुत्केरी महिलाको घाँटीभित्र घाउ आएर अन्तिम अवस्थामा पुुगेपछि उहाँलाई उपचारका लागि सुुर्खेत अस्पताल लगिएको छ । 

जिल्ला अस्पतालकी बरिष्ठ अनमी सरिता बोहराले घाँटीभित्र पिलो आएर थुुक निल्न र श्वास फेर्न नसक्ने भएपछि सुुत्केरी भएको तीन दिन भएकी महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको बताउनुुभयो । 

यसरी सुुत्केरी अवस्थामै जटिल अवस्थामा पुुग्ने सुुत्केरी महिलामा सर्केगार्ड गाउँपालिका–४ दुुल्ली गाउँकी २४ वर्षीया चन्दा थापा साउद रहनुुभएको छ । उहाँले गर्भवती भएकै बेला साउदको घाँटीमा पिलो आएको र सुुत्केरी भई सकेपछि थुुक निल्न र श्वास प्रस्वासमा समेत समस्या आएपछि हेलिकोप्टरबाट प्रदेश अस्पताल सुुर्खेतमा उद्धार गरिएको बताउनुुभयो । उहाँ बोल्न सक्ने अवस्थामा समेत हुनुुहुुन्थेन । 

घाँटीभित्र आएको पिलोको उपचार उपकरण तथा अक्सिजनको कारण जिल्लामा गर्न नसकिने भएपछि चिकित्सकहरुको सुुझावमा जिल्ला बाहिर पठाइएको हो । उहाँले अहिलेको नयाँ नियम अनुुसार कुुनै पनि महिलाको सुुत्केरी भएको सात दिनसम्म जुुन सुुकै रोगले पीडित भए पनि हेलिकोप्टरबाट उद्धार गर्न सकिने भएको कारण पिलोले थलिएकी सुुत्केरी थापा उद्धार गरिएको बताउनुुभयो । 

आमासँगै नबजात शिशु पनि लगिएको छ । सम्बन्धित गाउँपालिका, स्वास्थ्य सेवा कार्यालय र स्थानीय प्रशासनको समन्वयमा उहाँको राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट हेलिकोप्टरबाट गरिएको उद्धारका लागि लाग्ने खर्च ब्यहोर्ने गरि उद्धार गरिएको हो । यस वर्षको यो सुुत्केरी महिलाको पहिलो उद्धार हो । यस्ता गर्भवती एवम् सुुत्केरी महिलाको बर्सेनि रुपमा उद्धार हुुँदै आएको छ ।