• ४ जेठ २०८१, शुक्रबार

जिका, चिकनगुनीया र डेँगु भाइरसको पीसीआर परीक्षण गर्न आग्रह

blog

काठमाडौं, वैशाख २७ गते । सरकारले जिका, चिकनगुनीया र डेँगु भाइरसको लक्षण देखिएमा पीसीआर परीक्षण गर्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको  राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले कोभिड–१९ महामारीबाट मात्र नभएर जिका, चिकनगुनीया र डेँगु जस्ता भाइरसको सङ्क्रमणबाट बच्चन पनि पीसीआर परीक्षण गर्नुपर्ने जनाएको छ ।

केन्द्रलेका अनुसार लामखुट्टेको टोकाइबाट यी भाइरस लाग्ने गर्छ । यसैले एक्कासी ज्वरो आउने, थकान महसुस हुने, अत्याधिक जोर्नी दुख्ने, टाउको, मांसपेशी तथा जोर्नी दुख्ने, वाकवाकी लाग्ने वा वान्ता हुने भएमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा निःशुल्क पीसीआर परीक्षण गर्न केन्द्रले आग्रह गरेको हो ।

केन्द्रका अनुसार जिका, चिकनगुनीया र डेँगु भाइरसको सङ्क्रमणबाट बच्न लामाखुट्टेको टोकाइबाट जोगिनुपर्छ ।

लामखुट्टेको टोकाइबाट जोगिन दिउँसो सुत्दा झुलको प्रयोग गरेर सुत्ने, घरको झ्याल ढोकामा लामखुट्टे नर्छिर्ने जाली हाल्ने, लामो बाहुला भएको लुगा लगाउने, लामखुट्टे भगाउन धूप वा मलमको प्रयोग गर्ने र लामखुट्टे सक्रिय हुने सययमा विशेष गरी बिहान–सांँझपख सावधानी अपनाउन केन्द्रले केन्द्रले आग्रह गरेको छ ।

लामखुट्टेको वृद्धि विकास रोक्ने उपाय
केन्द्रका अनुसार घर वरिपरि, कार्यलय, विद्यालयमा टायर, खुल्ला भाँडा, आलिमा पानी जम्मा हुन नदिने । पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छाप्ने, गमलाको प्लेट, फूलखानी र कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्नुपर्छ ।
जिका भाइरस गर्भवती महिलाबाट जन्मिने बच्चामा पनि सर्ने भएकाले गर्भवती महिलाले विशेष ध्यान दिन केन्द्रले आग्रह गरेको छ ।