• २२ मङ्सिर २०८२, सोमबार

फरार प्रतिवादी पक्राउ

blog

सुधा देव
भारदह(सप्तरी), मङ्सिर २२ गते ।
सप्तरी प्रहरीले चार वर्ष १८ दिन कैद सजाय पाएका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा छिन्नमस्ता गाउँपालिका ६ का उमेशप्रसाद साह रहेका छन् । उनलाई मानव बेचबिखत तथा ओसारपसार र जबरजस्ती करणी मुद्दामा उच्च अदालत विराटनगरले कसुर ठहर गरी चार वर्ष १८ दिन कैद तोकिएको थियोे ।

कैद फैसला भए पनि फरार रहेका साहलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको सप्तरीका प्रहरी प्रवक्ता डम्बर बहादुर पुरीले जानकारी दिनुभयो ।

आइतबार पक्राउ गरिएको साहलाई सप्तरी जिल्ला अदालतमा हाजिरी गराई कारागार पठाएको उहाँले जानकारी दिनुभयो ।