• ४ जेठ २०८१, शुक्रबार

थप १२ जना सङ्क्रमित

blog

काठमाडौं, वैशाख २७ गते । पछिल्लो २४ घण्टामा थप १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई हजार ३७६ जनाको पीसीआर परीक्षण गर्दा १२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

त्यसैगरी, एक हजार २५८ जनाको एन्टिजेन परीक्षण गर्दा एक जना सङ्क्रमित भएका छन् ।

२४ घण्टामा १७ जना डिस्चार्ज भएका छन् भने मृत्युदर शून्य छ । २४ घण्टामा ८० हजार १४२ जनाले खोप लगाएका छन् भने सक्रिय सङ्क्रमितको सङ्ख्या १८५ जना छन् ।