• १० वैशाख २०८२, बुधबार

गृहमन्त्री खाणद्वारा मुक्तिनाथ धाममा पूजाअर्चना

blog

शिव ज्योर्तिलिङ्गमा जर्लापण गर्दै गृहमन्त्री बालकृष्ण खाण । तस्वीर कपिल ज्ञवाली ।

सिद्धार्थनगर, वैशाख २७ गते । रुपन्देहीको बुटवल उपमहानगरपालिका– १२ को स्वामिनारायण मुक्तिनाथधाममा गृहमन्त्री बालकृष्ण खाँणद्वारा पूजा अर्चना गर्नुभएको छ ।

खाणले मङ्गलबार बिहानै धाममा पुगेर शिवज्योतिर्लिङ्गमा जलार्पणसहित पूजा आराधना गर्नुभएको हो । त्यस अवसरमा गृहमन्त्री खाणलाई बुटवल उपमहानगरपालिकाका मेयर पदका उम्मेदवार खेलराज पाण्डेय, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष धर्मराज शर्मा, काँग्रेसबाट वडा अध्यक्षका उम्मेदवार डिल्लीप्रसाद शर्मा आचार्यसहितका उम्मेदवारहरुले उहाँलाई स्वागत गर्नुभएको थियो ।

सो अवसरमा मन्त्री खाणले देश विकासका लागि सबै जातजाति, धर्म, संस्कृतिभन्दा माथि उठेर लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले सबै जात, जाति, धर्म, संस्कृतिको आफ्नै विशेषखाले परम्परा रहेको उल्लेख गर्दै सबै धर्मावलम्बीले एक–अर्काको सम्मान गर्नुपर्ने बताउनुभयो । 

Author

कपिल ज्ञवाली